इमर्जिंग कपको लागि सुरु भयो नेपालको तयारी

aasif sheikh
  • विकेटनेपाल, ६ चैत्र 

मार्च २५ देखि बंगलादेशमा सुरु हुने एसीसी इमर्जिंग टिम्स एसिया कपको लागि नेपाली क्रिकेट टिमले अभ्यास थालेको छ l टियु मैदानमा आज बिहान ९ बजे देखि नेपाली टिमले अभ्यास सुरु गरेको छ l

एसियाली टेस्ट रास्ट्रहरुको यु-२३ टिम सहित नेपाल, अफगानिस्तान, हंगकंग र मलेसिया सहभागी हुने प्रतियोगिताको लागि बुधबार १५ सदस्यीय टोलिको घोषणा गरिसकिएको छ l

सहभागी ८ टोलिलाई २ वटा समुहमा बिभाजन गरेर खेलाइनेछ l नेपालको समुह ‘बि’ मा पाकिस्तान, बंगलादेश र हंगकंग रहेका छन् भने समुह ‘ए’ मा भारत, श्रीलंका, अफगानीस्तान र मलेसिया रहेका छन् l

नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल पाकिस्तानसंग मार्च २७ मा खेल्ने छ भने बंगलादेशसंग मार्च २८ तथा मार्च ३० मा हंगकंगसंग खेल्नेछ l दुवै समुहबाट टप-२ टोलिले सेमीफाइनलमा स्थान बनाउनेछ l

पारस खड्काको अनुपस्थितिमा नेपाली क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् l शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामि जस्ता सिनियर खेलाडीहरुलाई टिममा स्थान दिईएको छैन l

केन्यासंग टिममा नरहेका दिलिप नाथ, तिब्रगति बलर दिपेश श्रेष्ठले मौका पाएका छन् l यस्तै देब्रेहाते स्पिनर भुवन कार्की र सुशन भारिले पनि १५ सदस्यीय टोलिमा छन् l

( फिचर फोटो : फाइल तस्बिर )

यो पनि पढ्नुस :- 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]