एसीसी इमर्जिंग नेसन्स कप खेल्ने नेपाली टिम घोषणा

  • विकेटनेपाल, २ चैत्र

मार्च २५ देखि अप्रिल ४ सम्म बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिंग नेसन्स कपमा सहभागी हुने नेपाली टिमको घोषणा भएको छ l

प्रतियोगितामा दक्षिण एसियाली टेस्ट रास्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको यु-२३ क्रिकेट टिम तथा नेपाल सहित अफगानिस्थान, हंगकंग र मलेसिया सहभागी हुनेछन् l प्रतियोगिता ५० ओभरको हुनेछ जसको खेल तालिका सार्बजनिक भएको छैन l

नेपाली टोलिमा युवा खेलाडीहरुलाई मौका दिईएको छ l कप्तान पारस खड्का प्रतियोगिता खेल्ने छैनन् जसको स्थानमा ज्ञानेन्द्र मल्लले पुनः कप्तानी सम्हाल्नेछन्भ भने शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामि जस्ता खेलाडीहरुलाई आराम दिईएको छ l

Dilip Nath
दिलिप नाथ

१५ सदस्यीय टोलिमा विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ, तिब्रगति बलर दिपेश श्रेष्ठले मौका पाएका छन् l यस्तै देब्रेहाते स्पिनर भुवन कार्की र सुशन भारिले पनि स्थान बनाएका छन् l

प्रतियोगिताको लागि नेपाली टिमले आइतबार बाट अभ्यास थाल्ने छ l

यस्तो छ टिम :-

१. ज्ञानेन्द्र मल्ल
२. शरद भेसावकर
३. बिनोद भण्डारी
४. आरिफ शेख
५. मेहबुब आलम
६. दिपेन्द्र ऐरी
७. सागर पुन
८. सन्दिप लामिछाने
९. आसिफ शेख
१०. अभिनाश कर्ण
११. सुनिल धमला
१२. भुवन कार्की
१३. सुशन भारि
१४. दिपेश श्रेष्ठ
१५. दिलिप नाथ

अतिरिक्त खेलाडी :

कुशल भुर्तेल, जितेन्द्र मुखिया, राजेश पुलामी, सुशील कंडेल

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy