एसीसी इमर्जिंग नेसन्स कप खेल्ने नेपाली टिम घोषणा

emerging nations cup 2017
  • विकेटनेपाल, २ चैत्र

मार्च २५ देखि अप्रिल ४ सम्म बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिंग नेसन्स कपमा सहभागी हुने नेपाली टिमको घोषणा भएको छ l

प्रतियोगितामा दक्षिण एसियाली टेस्ट रास्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको यु-२३ क्रिकेट टिम तथा नेपाल सहित अफगानिस्थान, हंगकंग र मलेसिया सहभागी हुनेछन् l प्रतियोगिता ५० ओभरको हुनेछ जसको खेल तालिका सार्बजनिक भएको छैन l

नेपाली टोलिमा युवा खेलाडीहरुलाई मौका दिईएको छ l कप्तान पारस खड्का प्रतियोगिता खेल्ने छैनन् जसको स्थानमा ज्ञानेन्द्र मल्लले पुनः कप्तानी सम्हाल्नेछन्भ भने शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामि जस्ता खेलाडीहरुलाई आराम दिईएको छ l

Dilip Nath
दिलिप नाथ

१५ सदस्यीय टोलिमा विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ, तिब्रगति बलर दिपेश श्रेष्ठले मौका पाएका छन् l यस्तै देब्रेहाते स्पिनर भुवन कार्की र सुशन भारिले पनि स्थान बनाएका छन् l

प्रतियोगिताको लागि नेपाली टिमले आइतबार बाट अभ्यास थाल्ने छ l

यस्तो छ टिम :-

१. ज्ञानेन्द्र मल्ल
२. शरद भेसावकर
३. बिनोद भण्डारी
४. आरिफ शेख
५. मेहबुब आलम
६. दिपेन्द्र ऐरी
७. सागर पुन
८. सन्दिप लामिछाने
९. आसिफ शेख
१०. अभिनाश कर्ण
११. सुनिल धमला
१२. भुवन कार्की
१३. सुशन भारि
१४. दिपेश श्रेष्ठ
१५. दिलिप नाथ

अतिरिक्त खेलाडी :

कुशल भुर्तेल, जितेन्द्र मुखिया, राजेश पुलामी, सुशील कंडेल





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]