यु-१९ एसिया कप : नेपालको समुहमा भारत, पाकिस्तान र अफगानिस्तान

२०८० कार्तिक २२, बुधबार १८:२३

Nepal U19 Cricket Team

यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ । प्रतियोगिता आगामी महिना ८ देखि १८ डिसेम्बरसम्म युनाइटेड अरब इमिरेट्समा आयोजना हुनेछ।

प्रतियोगितामा सहभागी हुने ८ टिमलाई दुई समूहमा बिभाजन गरिएको छ। नेपाल रहेको समुह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह बीमा भने आयोजक यूएईसहित बङ्गलादेश, श्रीलङ्का र जापान छन् ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग आईसीसी एकेडेमी ओभल-१ मैदानमा खेल्ने छ ।

यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग आईसीसी एकेडेमी ओभल-२ मैदानमा र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग आईसीसी एकेडेमी ओभल-२ मैदानमा हुने छ ।

समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलङ्कामा हुने यु-१९ विश्वकप क्रिकेट खेल्ने छ ।

खेलतालिका 

https://youtu.be/2sQxgUaB9Vk?si=-2-mRINC06BP2VUu

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy