एसीसी टि-२० इस्टर्न : सिंगापुरको विजयी सुरुवात

एसीसी टि-२० इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिंगापुरले आयोजक थाईल्याण्डलाई ४३ रनले सहजै पराजित गरेको छ।

टस हारेर ब्याटिंग गर्दै सिंगापुरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा थाईल्याण्डले १९ ओभरमा ९६ रनमा सबै विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा थाईल्याण्डको लागि ओपनर ड्यानियल ज्याकब्सले सर्वाधिक २८, हेनो जोर्डनले १९ तथा जियाउल हकले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।  सिंगापुर बलर कर्थिकेयन सुब्रमन्यनले सर्वाधिक ३ विकेट लिए भने भिनोथ बास्करन, जनक प्रकास र अनंथा कृष्णाले समान २ विकेट लिए।

यस अघि सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।

सिंगापुरको लागि ओपनर सिद्धान्तले सर्वाधिक ५९ रन बनाए। जनक प्रकासले २०, रोहन रंगराजनले १८ तथा मनप्रित सिंहले १५ रन बनाए। थाईल्याण्ड बलर नोप्फन सेनामोन्ट्रि र महसिद फहिमले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आजै मलेसियाको सामना गर्दैछ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]