एसीसी टि-२० इस्टर्न : सिंगापुरको विजयी सुरुवात

२०७६ फाल्गुन १७, शनिबार १२:०९

एसीसी टि-२० इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिंगापुरले आयोजक थाईल्याण्डलाई ४३ रनले सहजै पराजित गरेको छ।

टस हारेर ब्याटिंग गर्दै सिंगापुरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा थाईल्याण्डले १९ ओभरमा ९६ रनमा सबै विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा थाईल्याण्डको लागि ओपनर ड्यानियल ज्याकब्सले सर्वाधिक २८, हेनो जोर्डनले १९ तथा जियाउल हकले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।  सिंगापुर बलर कर्थिकेयन सुब्रमन्यनले सर्वाधिक ३ विकेट लिए भने भिनोथ बास्करन, जनक प्रकास र अनंथा कृष्णाले समान २ विकेट लिए।

यस अघि सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।

सिंगापुरको लागि ओपनर सिद्धान्तले सर्वाधिक ५९ रन बनाए। जनक प्रकासले २०, रोहन रंगराजनले १८ तथा मनप्रित सिंहले १५ रन बनाए। थाईल्याण्ड बलर नोप्फन सेनामोन्ट्रि र महसिद फहिमले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आजै मलेसियाको सामना गर्दैछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy