शनिवार देखि एसीसी टि-२० इस्टर्न ( सम्पूर्ण जानकारी )

मलेसियामा अगस्टमा आयोजना हुने टि-२० एसिया कप छनौट प्रतियोगितामा छनौट हुने लक्ष्यका साथ शनिवार ( फेब्रुअरी २९ ) देखि थाइल्याण्डमा आयोजक राष्ट्र थाइल्याण्ड सहित नेपाल, सिंगापुर, मलेसिया र हंगकंग प्रतिस्पर्धा गर्दैछन्।

५ टिम सहभागी प्रतियोगिता अन्तर्गत सबै टिमले एकअर्कासंग १-१ खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिम एसिया कप छनौट खेल्न छनौट हुनेछ। यसै साता पश्चिम क्षेत्रको छनौट प्रतियोगिताबाट युएई र कुवेत एसिया कप छनौट खेल्न छनौट भैसकेका छन्।

एसिया कप छनौटमा पुर्व र पश्चिम क्षेत्रबाट पुगेका ४ टिम मध्ये उत्कृस्ट हुने १ टिम पाकिस्तानमा सेप्टेम्बरमा आयोजना हुने भनिएको टि-२० एसिया कपमा छनौट हुनेछ।

नेपालको खेल तालिका र खेल सुरु हुने समय 

फेब्रुअरी २९ – बिरुद्ध मलेसिया / दिउसो १२:१५ बजे
मार्च १ – बिरुद्ध हंगकंग / ८ :१५ बजे बिहान
मार्च ४ – बिरुद्ध थाइल्याण्ड / ८ :१५ बजे बिहान
मार्च ६ – बिरुद्ध सिंगापुर / ८ :१५ बजे बिहान

नेपाली टिम :- ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करन केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, किशोर महतो

मलेसियासंग नेपालको पछिल्लो खेलहरुको नतिजा :- 

प्रतियोगिताको सुरुवात नेपालले मलेसियासंग खेल्दै गर्नेछ। मलेसियासंग गत वर्ष नेपालले खेलेको तिन वटा टि-२० अन्तर्रास्ट्रिय नेपालले खेल्दा शतप्रतिशत जित हात पारेको थियो।

टि-२० विश्व कप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा नेपालले ७ विकेटको सहज जित हात पार्दा मलेसिया ८३ रनमै समेटिन पुगेको थियो। त्यस अघि नेपाली टिमको मलेसिया टुर अन्तर्गत पहिलो टि-२० मा ७ विकेटले तथा दोश्रो टि-२० मा ६ रनको जित हात पारेको थियो।

प्रतियोगिता खेल्नु अघि मलेसियाले हंगकंगसंग ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो जसमा मलेसिया ५-० ले विजयी भएको थियो।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]