एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको खेलाडी छनोटका लागि यू-१६ क्रिकेट प्रतियोगिता हुने

  • विकेटनेपाल – १८ चैत्र, सोमबार 

एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटका लागि मंगलबारबाट टियू क्रिकेट मैदानमा यू-१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। चैत्र १९ देखि २५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाउनेछन्।

प्रतियोगिताका ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ। हरेक समुहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। आउँदो अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू-१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट समेत गरिनेछ। प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन्।

प्रतियोगिताको समुह “ए” मा प्रदेश नम्बर ३, प्रदेश नम्बर ४,प्रदेश नम्बर ५ र प्रदेश नम्बर ६ रहेका छन्। यस्तै समहु “बी” मा प्रदेश नम्बर १,प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ रहेका छन्। प्रतियोगिता अन्तर्गतका पहिलो खेल विहान ८ र दोस्रो खेल दिउँसो १२ बजे देखी टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ। प्रतियोगिताको व्यास्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गर्नेछ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]