नेपालसंग चिन ५३ रनमा अलआउट : एसीसी यु-१९ पूर्वी

मलेसियामा जारि एसीसी अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत नेपाली अन्डर-१९ टिमले आफ्नो पहिलो खेलमा चिन अन्डर-१९ संग खेलीरहेको छ।

किनरारा ओभलमा भइरहेको खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको चिनले ५३ रनमा सम्पूर्ण विकेट गुमाउदै नेपाललाई ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चिन ओपनर गुहाओ गाओ र लियांग चेनले समान १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो विकेट छैठौं ओभरमा १८ रनको योगफलमा गुमाएको चिनले त्यसपछि लगातार विकेट गुमाएको थियो।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ६ विकेट लिए। ढकालले ९.१ ओभरमा ३ मेडन ओभर गर्दै १९ रन खर्चिए। यस्तै लेग स्पिनर तिलक राज भण्डारीले ३ विकेट लिन ७ ओभरमा ३ मेडन ओभर गर्दै १५ रन खर्चिए। कमल सिंह ऐरीले १ विकेट ( ५-२-९-१ ) लिंदा प्रतिस जिसी ( २-०-१०-० ) विकेट विहिन रहे।

स्कोरकार्ड 

प्रतियोगितामा यस अघि आफ्नो पहिलो खेलमा चिन सिंगापुरसग ८ विकेटले पराजित हुन पुगेको थियो। त्यस क्रममा चिनले पहिले ब्याटिंग गर्दै २८ रनमा सबै विकेट गुमाएको थियो। नेपालसंग त्यो भन्दा चिनले सुधारिएको ब्याटिंग गरेको हो।

नेपालको दोश्रो खेल जुलाई ५ मा सिंगापुरसंग खेल्नेछ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल सहित चिन, सिंगापुर, मलेसिया, हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। नेपाल रहेको समुह ‘ए’  चिन र सिंगापुर रहेका छन्। नेपालले आफ्नो पहिलो खेल भोलि बुधबार चिनसंग खेल्नेछ। यस्तै समुह ‘बि’ मा आयोजक मलेसिया सहित हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

प्रतियोगिताको विजेता टिमले अगस्ट/सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।

नेपाली टिम :

रोहित पौडेलले ( कप्तान )  रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम।

प्रशिक्षक : विनोद दास ,  व्यवस्थापक :  राजु खड्का , फिजियो : विक्रम न्यौपाने





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]