ACC U19 Premier : देवको शतकमा नेपालद्वारा इरान विशाल अन्तरले पराजित

Dev Khanal

मलेसियामा आज सुरु भएको एसीसी अन्डर-१९ प्रिमियर कप प्रतियोगिता अन्तर्गत नेपालले विजयी सुरुवात गर्ने क्रममा इरानलाई २७४ रनको विशाल अन्तरले पराजित गरेको छ।

खेलको स्कोरकार्ड हेर्नुस 

बाँगी स्थित वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरानले ३०.५ ओभरमा ७९ रनमा सबै विकेट गुमायो।

देब्रे हाते स्पिनर दिपेश कंडेल र अफ स्पिनर सुबास भण्डारीले ३/३ तथा दुई दायाँ हाते पेसर हेमन्त धामी र आकाश चन्दले २/२ विकेट लिंदै इरानको इनिंग्स समाप्त गारे। इरानको लागि ओपनर अमेर खोरसन्दले सर्वाधिक ३७ रन योगदान दिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनायो।

ओपनर अर्जुन कुमाल खाता नखोली पहिलो बलमा आउट भएपछि आकाश त्रिपाठी पनि ३ रन बनाएर आउट भए। त्यसपछि ओपनर दिपक बोहरा ( क ) र देव खनालले शतकीय साझेदारी गर्दै नेपालको पारि उकासे। दुवैले तेश्रो विकेटको लागि १६६ रनको साझेदारी गरे।

यु-१९ राष्ट्रिय टिमबाट दोश्रो शतक बनाउने क्रममा देवले ६० बलमा १२ चौका र ४ छक्का मद्दतले १०० रन बनाए। उनले ५९ बलमा शतक पुरा गरे भने लगत्तै फुल टस बलमा लामो सट खेल्न खोज्दा क्याच आउट भए। खनालले यसै वर्ष फेब्रुअरीमा आयोजित यु-१९ विश्वकप एसिया छनोटमा कुवेत विरुद्ध शतक ( १२५ ) रन बनाएका थिए। नेपालको अन्डर-१९ टिमको लागि खेल्दै दुई शतक बनाउने देव पहिलो खेलाडी हुन्।

ओपनर बोहराले ५९ बलमा ६५ तथा दिपक डुम्रेले ४४ बलमा ६९ रन बनाए। दिपेश कंडेलले २९, हेमन्त धामीले २३ तथा आकाश चन्दले १९ रन बनाए।

इरानको बलिंगमा सलमान नियाजमन्द र दद्राहमन रेसीले ३/३ तथा जेड रेसी र समान शेखीले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल बहराईनसंग अक्टोबर १५ मा तथा तेश्रो खेल अक्टोबर १९ मा साउदी अरबसंग खेल्ने तालिका छ।

प्रतियोगितामा कुल १६ टिम सहभागी छन्। सहभागी टिमहरुलाई ४ वटा समुहमा बिहाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा छ जुन समुहमा बहराईन, साउदी अरब र इरान छन्। समुह ‘बि’ मा युएई, ओमान, कतार र चिन छन्। समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स छन्। समुह डी मा हंगकंग, मलेसिया, जापान र इन्डोनेसिया छन्।

समुह चरणमा सबै टिमले एकअर्कासंग १/१ खेल खेलीसकेपछि चारवटै समुहबाट उत्कृस्ट हुने टिमहरूले सेमीफाइनल खेल्नेछन्।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]