यु-१९ इस्टर्न दोश्रो दिन : चिन र भुटानको लज्जास्पद प्रदर्शन, नेपाल र मलेसियाको रवाफिलो जित

मलेसियामा मंगलबार देखि सुरु भएको एसीसी अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत दोश्रो दिन ३ वटा खेलहरु सम्पन्न भएका छन्।

आज सम्पन्न खेलहरुमा समुह ‘ए’ अन्तर्गत नेपालले चिनलाई तथा समुह ‘बि’ अन्तर्गत  हंगकंगले थाईल्याण्डलाई तथा आयोजक मलेसियाले भुटानलाई पराजित गर्यो।

जित सहित समुह ‘ए’ बाट नेपाल र सिंगापुरले सेमीफाइनलमा स्थान पक्का गरे भने चिन २ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो। समुह ‘बि’ अन्तर्गत मलेसियाले लगातार २ जित हात पार्दै सेमीफाइनल प्रवेश निश्चित जस्तो गरेको छ।

प्रतियोगिताको विजेता टिमले अगस्ट/सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।

अंकतालिका ( दोश्रो दिनको खेल पछि )

नेपाल Vs चिन 

किनरारा ओभल मैदानमा टस जितेर नेपालले बलिंग रोजेपछि चिनले २३.१ ओभरमा ५३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ५४ रनको लक्ष्य नेपालले ५ ओभरमा विकेट नगुमाई पुरा गर्दै १० विकेटको विशाल जित निकाल्यो।

जितमा देब्रे हाते स्पिनर सागर ढकालले ६ विकेट तथा लेग स्पिनर तिलक राज भण्डारीले ३ विकेट लिए भने ब्याटिंगमा पवन सर्राफले विस्फोटक ४६ रनको इनिंग खेले। स्कोरकार्ड , अंकतालिका 

Sagar Dhakal

हंगकंग Vs थाईल्याण्ड 

आफ्नो पहिलो खेलमा जित निकाल्ने क्रममा थाईल्याण्डलाई हंगकंगले ५ विकेटले पराजित गर्यो। थाईल्याण्डले दिएको १०० रनको लक्ष्य हंगकंगले ५ विकेट गुमाएर २० ओभरमै भेटायो। थाईल्याण्डको यो दोश्रो हार हो।

हंगकंगको लागि ब्याटिंगमा नसरुलाह रानाले ४६ तथा बलिंगमा रौनक कपुरले ५ र विकास शर्माले ४ विकेट लिए। स्कोरकार्ड  , अंकतालिका 

मलेसिया Vs भुटान 

आयोजक मलेसियाले दोश्रो जित निकाल्ने क्रममा भुटानलाई २६० रनको विशाल अन्तरले हरायो।
पहिले ब्याटिंग गर्दै मलेसियाले २८८ रन बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा भुटानले २८ रन मात्रै बनाउन सक्यो। भुटानका ७ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। गाकुल घले र नम्गांग छेजेले समान ९/९ रन बनाए।

मलेसियाको ब्याटिंगमा असलम खान मलिकले ६६, मुहम्मद अमिरले ५२ तथा वान अमिरुलले ४८ रन बनाए। बलिंगमा सचिनु हेट्टीगेले ४ विकेट लिए। स्कोरकार्ड , अंकतालिका 

प्रतियोगिता अन्तर्गत बिहिबार कुनै खेल हुनेछैन भने शुक्रबार २ वटा खेल हुनेछन्। शुक्रबार समुह विजेता हुनको लागि नेपाल र सिंगापुर खेल्नेछन् भने हंगकंग र भुटान खेल्नेछन्।

 

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]