अन्डर-१९ इस्टर्न रिजन भोलिदेखि सुरु हुँदै

एसीसी अन्डर-१९ इस्टर्न रिजन एकदिवसीय क्रिकेट प्रतियोगिता भोलि मंगलबार देखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगिताको लागि नेपाली टिम आइतबार मलेसिया पुगीसकेको छ।

यस क्षेत्रीय प्रतियोगिताको बिजेताले यसै वर्ष श्रीलंकामा आयोजना हुने अन्डर १९ एसिया कपमा सहभागिता जनाउने छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले सन् २०१७ मा हंगकंगलाई पराजित गर्दै उपाधी जितेको थियो।

प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहेको छ। आयोजक एसियन क्रिकेट काउन्सीलले यसअघि आठ राष्ट्रको सहभागिता रहने गरि खेल तालिका सार्वजनिक गरेको थियो। तर नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको छ।

टिमको कप्तानी रोहित पौडेलले गर्दैछन्

सोहि समुहमा रहेका म्यानमारसँगका खेलहरुको तालिकालाई स्थगित गर्दै अन्य खेलहरुको तालिका भने पुरानै अनुसार राखिएको छ। म्यानमारले प्रतियोगिता नखेल्नुको कारण खुलेको छैन।

अब नेपाल रहेको समूह ‘ए’ समुहमा चिन र सिंगापुर रहेका छन् भने समूह ‘बि’ तर्फ आयोजक मलेसिया, हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्।

प्रतियोगिता अन्तर्गत मंगलबार हुने खेलहरुमा समूह ‘ए’ बाट सिंगापुर र चिन तथा समूह ‘बि’ बाट आयोजक मलेसिया र थाइल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। खेलहरु नेपाली समय अनुसार बिहान ७:४५ बजेबाट सुरु हुनेछन्।

नेपालले आफ्नो समूहचरणको पहिलो खेलमा जुलाई ३ तारिखमा चिनको सामना गर्नेछ भने दोश्रो खेलमा जुलाई ५ मा सिंगापुरसँग खेल्नेछ। त्यसपछि समूह चरणको सामाप्तीमा शिर्ष २ मा रहने टिमहरुबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।

नेपालको दुवै खेल किनरारा ओभल मैदानमा नेपाली समय ७:४५ बजे ( मलेसियिया समय १० बजे ) बिहान सुरु हुनेछ।

नेपालको लागि प्रतियोगितामा जित हात पार्नु महत्वपूर्ण रहेको छ। प्रतियोगिताको विजेता टिम श्रीलंकामा यसै वर्ष अगस्ट/सेप्टेम्बरमा आयोजना हुने एसीसी अन्डर-१९ एसिया कप खेल्न छनौट हुनेछ। श्रीलंकामा हुने एसिया कपको लागि पश्चिम क्षेत्रबाट कुवेत र युएई छनोट भईसकेका छन्। प्रतियोगितामा टेस्ट राष्ट्रका यु१९ टिमहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।

प्रतियोगितामा नेपालको कप्तानी सिनियर राष्ट्रिय क्रिकेटर समेत रहेका रोहित पौडेलले गर्दैछन् भने टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन्। टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन् ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy