एसिया कपमा यस्तो छ नेपालको खेल तालिका…

काठमाडौं । नेपालले आगामी महिना श्रीलंकामा आयोजना हुने एसीसी महिला एसिया कपमा सहभागीता जनाउँदै छ ।

प्रतियोगिताको नवौं संस्करण हुदै गर्दा नेपालले तेस्रो पटक प्रतियोगितामा सहभागीता जनाउँदै छ । यसअघि सन् २०१२ मा चीनमा आयोजना भएको पाँचौ तथा सन् २०१६ मा थाईल्यान्डमा भएको छैटौं संस्करणमा नेपालले सहभागीता जनाएको थियो ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ । एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको यस प्रतियोगितामा बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपमा शीर्ष चारमा रहेका टिम हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा रहेको छ । सात पटकको च्याम्पियन भारत सहित पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

नेपालले १९ जुलाई अर्थात साउन ४ मा युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र युएईबीचको खेल रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउसो सवा दुईमा हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले २१ जुलाई अर्थात साउन ६ मा पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ सवा सातमा हुनेछ । पाकिस्तानविरुद्धको यस खेलमा नेपालले पहिलो पटक फ्लडलाइटमा खेल्नेछ ।

प्रतियोगिताको तेस्रो तथा समूह चरण अन्तिम खेलमा नेपालले २३ जुलाई अर्थात साउन ८ मा भारतविरुद्ध खेल्नेछ । नेपाल र भारतबीचको खेल रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ सवा सातमा हुनेछ ।

समूह चरणमा शीर्ष दुईमा रहन सके २६ जुलाई अर्थात साउन ११ मा खेल्नेछ । सेमिफाइनल विजेता टोलीबीच २८ जुलाई अर्थात साउन १३ मा खेल्नेछ ।

नेपालको टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई,रोमा थापा





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]