एकेडेमी क्रिकेट लिग : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरको जित

एकेडेमी क्रिकेट लिगको दास्रो दिन सम्पन्न ज्ञानज्योती क्रिकेट एकेडेमी दाङ र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बीच भएको खेलमा २८ रनले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर विजयी भएको छ।

ज्ञानज्योती क्रिकेट एकेडेमीले टस जितेर फिल्डिङ रोज्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित १६ ओभरमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ८ विकेट गुमाउदै ७५ रन बनाएको थियो। काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका दुर्गेश थापाले २२ रन, राहुल भण्डारी र शंकर पौडेलले समान १३/१३ रन बनाए ।

बलिङतर्फ ज्ञानज्योतीका डब्लु मल्लिकले ३ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिएका थिए।

Tilak Bhandari
Tilak Bhandari

जवाफी ब्याटिङमा उत्रेको ज्ञानज्योती क्रिकेट एकेडेमीले १३ ओभरमा १० विकेट गुमाउदै ४७ रन बनाउदा २८ रनले खेल गुमाएको थियो । ज्ञानज्योती क्रिकेट एकेडेमीका ब्याट्स म्यान सोहन यादवले २० रन र अरबिन्द जैसवालले ११ रन बनाउदा अन्य ब्याट्सम्यानहरुले दोहोरा अंकमा रनबनाउन सकेनन् ।

बलिङतर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका तिलक भण्डारी र बिपीन आचार्यले समान ३/३ विकेट लिए। खेलमा म्यान अफ दि म्याच काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका तिलक भएका थिए ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]