एकेडेमी क्रिकेट लिग : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरको जित

एकेडेमी क्रिकेट लिगको दास्रो दिन सम्पन्न ज्ञानज्योती क्रिकेट एकेडेमी दाङ र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बीच भएको खेलमा २८ रनले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर विजयी भएको छ।

ज्ञानज्योती क्रिकेट एकेडेमीले टस जितेर फिल्डिङ रोज्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित १६ ओभरमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ८ विकेट गुमाउदै ७५ रन बनाएको थियो। काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका दुर्गेश थापाले २२ रन, राहुल भण्डारी र शंकर पौडेलले समान १३/१३ रन बनाए ।

बलिङतर्फ ज्ञानज्योतीका डब्लु मल्लिकले ३ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिएका थिए।

Tilak Bhandari
Tilak Bhandari

जवाफी ब्याटिङमा उत्रेको ज्ञानज्योती क्रिकेट एकेडेमीले १३ ओभरमा १० विकेट गुमाउदै ४७ रन बनाउदा २८ रनले खेल गुमाएको थियो । ज्ञानज्योती क्रिकेट एकेडेमीका ब्याट्स म्यान सोहन यादवले २० रन र अरबिन्द जैसवालले ११ रन बनाउदा अन्य ब्याट्सम्यानहरुले दोहोरा अंकमा रनबनाउन सकेनन् ।

बलिङतर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका तिलक भण्डारी र बिपीन आचार्यले समान ३/३ विकेट लिए। खेलमा म्यान अफ दि म्याच काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका तिलक भएका थिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy