लिग-२ अन्तर्गत नेपालको खेल एक्सन स्पोर्ट्समा लाइभ हुने, हेर्नुस सिरिजको खेलतालिका

२०७८ भाद्र २७, आईतवार १७:५२

ओमान र अमेरिकासंग नेपालले खेल्ने विश्व कप लिग-२ को प्रत्यक्ष प्रशारण गर्न नेपाल क्रिकेट संघ र डीश होम मिडिया नेटवर्क बीच सम्झौता भएको छ।

सेप्टेम्बर १३ तारिख देखि ओमानमा सुरु हुने प्रतियोगिताको प्रत्यक्ष प्रशारण डीश होम मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रशारण हुने भएको छ। आइतबार भएको सम्झौतामा डीश मिडिया नेटवर्कका सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले हस्ताक्षर गरेका थिए। एक्सन स्पोर्ट्सले ओमान भ्रमण अन्तर्गतको पपुवा न्यु गिनीसंगको दुईवटा एकदिवसीय अन्तर्राष्ट्रियको पनि प्रत्यक्ष प्रशारण गरेको थियो।

विश्वकप लिग-२ अन्तर्गतको खेलहरु आईसीसीले पनि आफ्नो वेबसाइटबाट प्रत्यक्ष प्रशारण गर्ने बताईएको छ। app.icc.tv मा गएर साइन अप गरि प्रत्यक्ष हेर्न सकिनेछ।

नेपालले विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेल अमेरिकासंग सेप्टेम्बर १३ तारिखमा खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। सेप्टेम्बर २० तारिखसम्म कुल ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा आयोजक ओमान बिरुद्ध खेल्नेछ। यस्तै तेश्रो खेल दुई दिन आराम पछि सेप्टेम्बर १७ तारिखमा अमेरिकासंग तथा चौथो खेल सेप्टेम्बर १९ तारिखमा ओमान बिरुद्ध खेल्नेछ। सबै खेलहरु नेपाली समय ४:१५ बजे बेलुका र ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ।

ओमान भ्रमणमा रहेको १७ सदस्यीय नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ),  कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा , दिपेन्द्र ऐरी ( नोट – दिपेन्द्र ऐरी घाइते हुँदा सिरिज खेल्ने छैनन्। )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy