- विकेटनेपाल, ५ माघ- शुक्रबार
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा नेपालमै पहिलो पटक क्रिकेट महोत्सव शुक्रबार देखि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ।
रास्ट्रपति बिद्या भण्डारीले उद्घाटन गर्दै सुरुवात गर्नुभएको महोत्सवको पहिलो दिन टियु मैदानमा कलाकार, राजनीतिज्ञ र पत्रकार बीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरिएको थियो।
कलाकारहरुमा दिपकराज गिरि, दिपाश्री निरौला, रमेश उप्रेती, शंकर बिसी तथा नेताहरुमा माओवादी नेता जनार्दन शर्मा, खेलकुद मन्त्रि राजन केसी तथा रास्ट्रिय क्रिकेटर पारस खड्का, शक्ति गौचन लगायतले खेलमा भाग लिएका थिए। यस्तै नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष बिनय राज पाण्डे, रास्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान एलबि क्षेत्री, रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा पनि सहभागी भएका थिए।
हेर्नुस सोहि मैत्रीपूर्ण खेलको तस्विरहरु :-