जित्नै पर्ने खेलमा श्रीलंकालाई अफगानिस्तानको २५० रनको लक्ष्य

युएईमा जारि एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत जारि तेश्रो खेलमा अफगानिस्तान र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो खेलमा बंगलादेशसंग पराजित भएको श्रीलंकालाई अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई पराजित गर्ने पर्ने अवस्था रहेको छ।

सेख जायद मैदानमा टस जितेर ब्याटिंग गरेको अफगानिस्थानले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४९ रनको योगफल तयार गरेको छ।

ओपनर मोहम्मद शहजाद र इन्शाउल्लाह जनतले पहिलो विकेटको लागि ५७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई राम्रो सुरुवात दिलाए। शहजाद ३४ रन बनाएर आउट भएपछि जनत र रहमत शाहले अफगानिस्तानको स्कोर १०० पार गराउने क्रममा अर्धशतकीय साझेदारी गरे। जनत ४५ रन बनाएर आउट भए।

रहमत शाहले एउटा किनार साम्हालीरहे र चौथो विकेटको लागि हश्मतुल्लाह शाहिदीसंग ८० रनको साझेदारी गरे। रहमत ७२ तथा शाहिदी ३७ रन बनाएर आउट भएपछि अफगानिस्तानको तल्लो क्रमले खास योगदान दिन सकेनन्।

श्रीलंकाको लागि थिसारा परेरा एक्लैले ५ विकेट लिए। अकिला दनंजयले २ विकेट तथा लासिथ मालिंगा, दुश्मन्था चमिरा र शेहान जयसुरियाले समान १/१ विकेट लिए।

२५० रनको लक्ष्य पछ्याउन श्रीलंकाले ब्याटिंग सुरु गरिसकेको छ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]