जित्नै पर्ने खेलमा श्रीलंकालाई अफगानिस्तानको २५० रनको लक्ष्य

२०७५ आश्विन १, सोमबार २१:४१

युएईमा जारि एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत जारि तेश्रो खेलमा अफगानिस्तान र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो खेलमा बंगलादेशसंग पराजित भएको श्रीलंकालाई अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई पराजित गर्ने पर्ने अवस्था रहेको छ।

सेख जायद मैदानमा टस जितेर ब्याटिंग गरेको अफगानिस्थानले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४९ रनको योगफल तयार गरेको छ।

ओपनर मोहम्मद शहजाद र इन्शाउल्लाह जनतले पहिलो विकेटको लागि ५७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई राम्रो सुरुवात दिलाए। शहजाद ३४ रन बनाएर आउट भएपछि जनत र रहमत शाहले अफगानिस्तानको स्कोर १०० पार गराउने क्रममा अर्धशतकीय साझेदारी गरे। जनत ४५ रन बनाएर आउट भए।

रहमत शाहले एउटा किनार साम्हालीरहे र चौथो विकेटको लागि हश्मतुल्लाह शाहिदीसंग ८० रनको साझेदारी गरे। रहमत ७२ तथा शाहिदी ३७ रन बनाएर आउट भएपछि अफगानिस्तानको तल्लो क्रमले खास योगदान दिन सकेनन्।

श्रीलंकाको लागि थिसारा परेरा एक्लैले ५ विकेट लिए। अकिला दनंजयले २ विकेट तथा लासिथ मालिंगा, दुश्मन्था चमिरा र शेहान जयसुरियाले समान १/१ विकेट लिए।

२५० रनको लक्ष्य पछ्याउन श्रीलंकाले ब्याटिंग सुरु गरिसकेको छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy