नयाँ कप्तान सहित अफगानिस्तानको विश्वकप खेल्ने टिम घोषणा

  • विकेटनेपाल, बैशाख  -९ ,सोमबार

आगामी मे ३० तारिख देखि इंग्ल्याण्ड र वेल्समा हुन लागेको एकदिवसीय विश्वकपको लागि अफगानिस्तानले आफ्नो टिमको घोषणा गरेको छ। उसले यसअघि नै आफ्नो नियमित कप्तान अस्घर स्टानिकजाईलाई बर्खास्त गर्दै एकदिवसीय क्रिकेटतर्फको कप्तानको रुपमा गुल्बदीन नइबलाई छनोट गरेको थियो।

दक्षिण अफ्रिकामा अभ्यासरत अफगानिस्तानको २३ सदस्यीय टिमबाट उत्कृस्ट १५ जना खेलाडीलाई टिममा छनोट गरिएको हो। “टिम छनोटको क्रममा अनुभव, फिटनेस, टिमको आवश्यकता र खेलाडीको पछिल्लो केहि समयदेखिको प्रदर्शनलाई मध्यनजर गरिएको छ” टिमका मुख्य छनोटकर्ता दौलत खान अहमदजाईले जारि गरेको प्रेस बक्तब्यमा उल्लेख छ।

Image

टिममा अनुभवी तिब्र गतिका बलर हमिद हसनले स्थान बनाएका छन्। पछिल्लो समय सन् २०१६ मा अन्तर्राष्ट्रिय खेल खेलेका उने केहि समयदेखि क्रिकेट विश्लेषकको काम समेत गरेका थिए। ३१ बर्षीय हसनले सिधै टिममा स्थान भने बनाउन बाँकी छ। उनले विश्वकपको १५ सदस्यीय टिममा स्थान बनाउन फिटनेस टेस्ट पास गर्नुपर्ने हुन्छ।

अस्घर स्टानिकजाईलाई बर्खास्त  गरेपछि टिमका मुख्य खेलाडीहरुबाट आलोचना व्यहोरेको बोर्डले खेलाडीहरुलाई मिलाउँदै नईबको कप्तानीमा स्टानिकजाईलाई समेत समावेस गरेको छ। उनले कप्तान नरहेपनि टिमको प्रदर्शनलाइ ध्यानमा राखेर नईबलाई पूर्ण सहयोग गर्ने बताएका छन्।

अफगानिस्तानले जुन १ मा पुर्व विश्व बिजेता अष्ट्रेलियाको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

विश्वकपको लागि अफगानिस्तानको टिम:

अफगानिस्तान: गुल्बदीन नइब (कप्तान), मोहम्मद शेहजाद (विकेटकिपर), नुर अलि ज़द्रान, हज्रतुल्लाह जजाई, रहमत शाह, अस्घर अफगान, हाश्मतुल्लाह शहिदी, नजिब जद्रान, शमिउल्लाह सिनवारी, मोहम्मद नाबी,  राशिद खान (उप-कप्तान), दवलत जद्रान, अफताब आलम, हमिद हसन, मुजीब उर्-रहमान

घोषणा भएका अन्य टिमहरु :- 

पाकिस्तान: सर्फराज अहमद (कप्तान), फकर जमान, इमाम उल हक, अबिद अलि, बाबर अजाम, शोएब मल्लिक, मोहम्मद हाफिज (फिटनेस टेस्ट हुन बाँकी), शदाब खान, इमाद वासिम, ह्यारिस सोहेल, हसन अलि, फहीम अश्रफ, शहीन अफ्रिदी, जुनैद खान, मोहम्मद हस्नैन

बंगलादेश: मोस्राफे बिन मोर्ताजा (कप्तान), तामिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकर रहिम (विकेट किपर), महमदुल्लाह, साकिब अल हसन (उप-कप्तान), मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक हुसैन, मोहम्मद सैफुदीन, मेहिदी हसन मिराज, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायद

अष्ट्रेलिया: एरोन फिंच (कप्तान), जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा

न्युजिल्यान्ड:  केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

इंग्ल्याण्ड: इयान मोर्गान (कप्तान), मोईन अलि, जोन्नी बेयरिस्टो, जोस बटलर, टोम करन, जोए डेन्ली, एलेक्स हेल्स, लियाम प्लंकेट, आदील रशिद, जोए रुट, जेसन रोए, बेन स्टोक्स, डेविड विली, क्रिस वक्स, मार्क वुड

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy