टि-२० विश्वकपबाट अफगानिस्तान बाहिरियो, श्रीलंका सेमीफाइनल सम्भावना कायम

सुपर-१२ चरणको आफ्नो चौंथो खेलमा श्रीलंकासंग ६ विकेटले पराजित हुँदै अफगानिस्तान टि-ट्वान्टी विश्वकपबाट बाहिर भएको छ। दुई खेल नतिजावीन हुँदा २ अंक पाएको अफगानिस्तान अन्य दुई खेलमा पराजित हुँदा एक खेल अगावै बाहिरिने पक्का भएको हो।

अस्ट्रेलियाको ब्रिसबेनमा अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य श्रीलंकाले ४ विकेट क्षेतीमा १८.३ ओभरमा भेटायो। जित पछि श्रीलंकाले आफुलाई सेमीफाइनल रेसमा कायमै राखेको छ।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको लागि धनन्जय डी सिल्भाले अविजित ६६ रनको महत्वपूर्ण पारि खेले। उनले ४२ बलमा ६ चौका र २ छक्क प्रहार गरे। डी सिल्भाले तेश्रो विकेटको लागि चरिस असलंकासंग ५४ रनको तथा चौंथो विकेटको लागि भानुका राजापक्ष संग ४२ रनको सझेदरी गरे। असलंकाले १९ , राजापक्षले १८ तथा ओपनर कुसल मेन्डिसले २५ रन योगदान दिए। अफगानिस्तान बलर राशिद खान र मुजिब उर् रहमानले २/२ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १४४ रन बनाव। उसको लागि ओपनर रहमनुल्लाह गुर्बज र उस्मान घानीले २८ र २७ रन योगदान दिए। दुवैले ४२ रनको ओपनिंग साझेदारी गरे। तर त्यसपछि निरन्तर अन्तरल मा विकेट गुमाउदा अफगानिस्तानले ठूलो सजेदारी गर्न सकेन। इब्राहिम जद्रानले २२, नाजिबुल्लाह जद्रानले १८, मोहम्मद नाबीले १३ तथा गुल्बदिन नैबले १२ रन बनाए।

श्रीलंकाको बलिंगमा वानिन्दु हसरंगाले मात्र १३ रन खर्चेर ३ विकेट लिए। लाहिरु कुमाराले २ तथा कसुन रजिथा र धनन्जय डी सिल्भाले १/१ विकेट लिए।

अंकतालिका 

४ खेलमा २ जित र २ हार पछि श्रीलंकाको ४ अंक छ। सुपर-१२ चरणको अन्तिम खेल श्रीलंकाले नोभेम्बर ५ तारिखमा इंग्ल्यान्ड बिरुद्ध खेल्नेछ। इंग्ल्यान्डलाई अन्तिम खेलमा पराजित गरेको खण्डमा श्रीलंका सेमीफाइनल पुग्न न्युजिल्यान्ड, अस्ट्रेलिया र इंग्ल्यान्डको आगामी खेलको नतिजामा भर पर्नुपर्नेछ। आज भइरहेको न्युजिल्यान्ड र इंग्ल्यान्ड बीचको खेलको नतिजाले पनि सेमीफाइनल समीकरण अझ प्रस्ट हुनेछ। न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा एक खेल अगावै सेमीफाइनलमा स्थान लगभग पक्का गर्नेछ। इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेमा समीकरण रोचक हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy