अफगानिस्तानसंग पाकिस्तान स्तब्ध

मे ३० देखि इंग्ल्याण्डमा सुरु हुने आईसीसी एकदिवसीय सुरु हुनु अघि आज सुरु भएको प्रतियोगिताको अभ्यास खेलको सुरुवातनै अप्रत्यासित नतिजा बाट भएको छ।

ब्रिस्टोलमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको पाकिस्तानले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६२ रनको योगफल तयार गरेको थियो। २६३ रनको लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

पाकिस्तानलाई अफगानिस्तानले अधिकारिक खेलहरुमा भने हालसम्म पराजित गर्न सकेको छैन। विश्वकप अघि अभ्यास खेलमा अफगानिस्तानको जितले पाकिस्तानको चिन्ता बढेको छ भने अफगानिस्तानले अस्चार्यजनक नतिजा ल्याउनेमा टिमहरु संसकित हुन थालेका छन्।

हश्मतुल्लाहको उत्कृस्ट इनिंग 

अफगानिस्तानको लागि हश्मतुल्लाह शाहिदीले सर्वाधिक अविजित ७४ रन ( १०२ बलमा ७ चौका ) बनाए।

यस्तै ओपनर हज्रतुल्लाह जजईले ४९ ( २८ बलमा ८ चौका र २ छक्का ) , मोहम्मद नाबीले ३४, रहमत शाहले ३२ रन बनाए। अफगानी ओपनर हज्रतुल्लाह र मोहम्मद शाहजादले पहिलो विकेटको लागि ८० रन बनाएका थिए। २३ रन बनाएका शाहजाद रिटायर्ड हर्ट भएका थिए।

तेश्रो विकेटको लागि समिउल्लाह शेनवारी र हश्मतुल्लाह शाहिदीले ४९ रनको साझेदारी गरे। शेनवारि २२ रन बनाएर आउट भएपछि हश्मतुल्लाहले पाँचौ विकेटको लागि ६६ रनको साझेदारी गर्दै जिततर्फ डोर्याएका थिए।

४९.४ ओभरमा ७ विकेट गुमाएर अफगानिस्तानले २६३ रन बनाउदै ३ विकेटको जित दर्ता गर्यो।

पाकिस्तानको बलिंगमा वहाव रियाजले ३ विकेट ( ७.४-०-४६-३ ) तथा इमाद वासिमले ( १०-०-२९-२ ) २ विकेट लिए।

पाकिस्तानको ब्याटिंग : आजमको शतक 

यस अघि पाकिस्तानको ब्याटिंगमा तेश्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले शतकीय इनिंग खेलेका थिए । आजमले १०८ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै शोयब मलिकले ४४ तथा इमाम उल हकले ३२ रन बनाए।

एक समय १०० रनमा ४ विकेट गुमेको पाकिस्तानको इनिंगलाई पाँचौ विकेटको लागि शोयब मलिक र बाबर आजमले १०३ रनको साझेदारी गर्दै उकासेका थिए। त्यसपछि भने पाकिस्तानको तल्लो क्रमले उल्लेख्य योगदान दिन नसक्दा ४७.५ ओभरमा २६२ रन मा समेटिन पुग्यो।

पाकिस्तानलाई सस्तोमा समेट्न अफगानिस्तान अफस्पिनर मोहम्मद नाबीले ३ विकेट ( १०-०-४६-३ ) तथा दौलत जद्रान ( ५.५-०-३७-२ ) र राशिद खान ( ९-१-२७-२ ) ले २/२ विकेट लिए।

यस अघि पाकिस्तानले इंग्ल्याण्डसंग खेलिएको एकदिवसीय सिरिज ४-० ले गुमाएको थियो।

धेरैले पढेको – विश्वकप बिशेष: यी हुन् विश्वकपमा सर्वाधिक विकेट लिने ५ खेलाडी

विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले पहिलो खेल इंग्ल्याण्डसंग जुन ३ तारिकमा खेल्नेछ। अफगानिस्तानले भने पहिलो खेल जुन १ तारिकमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासंग खेल्ने तालिका रहेको छ ।  विश्वकपको उद्घाटन खेल मे ३० तारिकमा आयोजक र इंग्ल्याण्ड र दक्षिण अफ्रीका बीच खेल हुनेछ। बिश्वकपको फाइनल खेल जुलाई १४ तारिकमा लर्ड्स मैदानमा खेलिनेछ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]