युएईलाई पराजित गरेपछि अफगानिस्तानको बिश्वकप आशा कायमै

  • विकेटनेपाल, चैत्र ६ – मंगलबार

आईसीसी बिश्वकप छनौट अन्तर्गत सुपर सिक्स खेल अन्तर्गत अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेको छ। यस जित संगै अफगानिस्तानले अर्को वर्ष हुने बिश्वकप खेल्ने आशा जीवितनै राखेको छ। सुपर सिक्स अंकतालिकामा उत्कृस्ट २ हुने टिम इंग्ल्याण्डमा आयोजना हुने २०१९ बिश्वकप खेल्न छनौट हुनेछ।

अफगानिस्तानले आयरल्याण्डसंग सुपर सिक्स चरणको अन्तिम खेल खेल्नेछ जसमा बिजयी भएको खण्डमा र युएईले जिम्बाबेलाई तथा स्कटल्याण्डले वेस्ट इन्डिजलाई पराजित गरेको खण्डमा नेट रनरेटको आधारमा वेस्ट इन्डिज र अफगानिस्तान मध्ये १ टिम बिश्वकप छनौट हुनेछ।

बाँकी खेलहरु :- 

मार्च २१ : वेस्ट इन्डिज Vs स्कटल्याण्ड
मार्च २२ : जिम्बाबे Vs युएई
मार्च २३ : अफगानिस्तान Vs आयरल्याण्ड

नैब र जद्रानको साझेदारीले जोगियो अफगानिस्तानको हार 

खेलमा युएईले दिएको १७८ रनको लक्ष्य अफगानिस्तानले ५ विकेट गुमाएर ३४.३ ओभरमा पुरा गरेको थियो।

निकै खराब सुरुवात गरेको अफगानिस्तानले एक समय मात्र ५४ रन जोड्दा ५ विकेट गुमाईसकेको अवस्था थियो तर त्यसपछि ओपनर गुल्बदीन नैबले सातौ नबरमा ब्याटिंग गर्न आएका नाजिबुल्लाह जद्रानसंग मिलेर १२४ रनको उत्कृस्ट सम्झेदारी गर्दै टोलिलाई जित दिलाए। नैबले ९७ बलमा ७४ रन (४ चौका र २ छक्का) र नाजिबुल्लाह जद्रानले ६४ बलमा ६३ रनको (५ चौका र २ छक्का) योगदान गरे।

बलिंगतर्फ युएईका मोहम्मद नवीद र कदीर अहमदले  २-२ लिए भने अहमद राजाले १ विकेट आफ्नो नाममा परे।

रासिदको ५ विकेट 

यसअघि टस जितेर पहिलो ब्याटिंग गरेको युएईले निर्धारित ४३ ओभरमा सबै विकेट गुमाउदै मात्र १७७ रन बनाएको थियो। उसको इनिंगमा शैमान अनवरले ६४, मोहम्मद नवीदले ४५, चिराग सुरीले २२ रन तथा मोहम्मद उस्मानले १३ रन बनाएका थिए।

बलिंगमा राशिद खानले ५ विकेट चट्काए। ९ ओभरको स्पेलमा उनले ४१ रन खर्चेर ५ विकेट हात पारे भने। दौलत जद्रान, मुजीब उर् रहमान र मोहम्मद नाबीले १-१ लिए । खेलमा ७४ रनको उत्कृस्ट पारि खेलेका गुल्बदीन नैब प्लेयर अफ दि म्याच घोषित भए।

 

फोटोहरु  : – ( आईसीसी)

 

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]