वेस्ट इन्डिजलाई पराजित गर्दै अफगानिस्तानलाई उपाधि

  • विकेटनेपाल, ११ चैत

जिम्बाबेमा सम्पन्न आईसीसी बिश्वकप छनौट अन्तर्गतको फाइनल खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ। दुवै टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्वकप खेल्न छानीसकेका छन् ।

खेलमा वेस्ट इन्डिजले दिएको २०५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर ४०.४ ओभरमा पुरा गरेको थियो। जितमा ओपनर ब्याट्सम्यान मोहम्मद शहजाद(८४ रन) र रहमत शाहले(५१ रन) अर्ध-शतक प्रहार गरे। यसैगरी समिउल्लाह  शेन्वारी र मोहम्मद नाबिले क्रमस : २० र २७ रन जोडे । बलिंगतर्फ क्रिस गेलले २ विकेट चट्काए भने किमो पलले १ विकेट हात पारे।

यस अघि टस जितेर पहिलो ब्याटिंग गरेको युएईले निर्धारित ४६.५ ओभरमा सबै विकेट गुमाउदै मात्र २०४ रन बनाएको थियो। उसको इनिंगमा रब्मन पावेलले ४४, शिमोन हेतमीरले ३८, एवीन लुइसले २७ तथा एशले नर्सले २६ रन बनाएका थिए। अफगानिस्तानका लागि मुजीब उर् रहमानले ९.५ ओभरको स्पेलमा ४३ रन खर्चेर ४ विकेट निकालेका थिए भने गुल्बदीन नइबले २ विकेट चट्काए।

खेलमा ८४ रनको उत्कृस्ट पारि खेलेका शहजाद प्लेयर अफ दि म्याच घोषित भए भने प्रतियोगितामा शानदार अल राउन्ड प्रदर्शन गरेका सिकन्दर राजाले प्लेयर अफ द सिरिज आफ्नो नाममा परे।

सिकन्दर राजा प्रतियोगिताकै उत्कृस्ट खेलाडी

बिश्वकप छनौटमा अफगानिस्तानको प्रदर्शन :

समुह चरण :

पहिलो खेल – स्कटल्याण्डसंग ७ विकेटले पराजित
दोश्रो खेल -जिम्बाबेसंग २ रनले पराजित
तेश्रो खेल – हंगकंगसंग ३० रनले पराजित ( डी/एल )
चौथो खेल – नेपालसंग ६ विकेटले बिजयी

सुपर सिक्स चरण :

पहिलो खेल – वेस्टइन्डिजसंग ३ विकेटले बिजयी
दोश्रो खेल – युएईसंग ५ विकेटले बिजयी
तेश्रो खेल – आयरल्याण्डसंग ५ विकेटले बिजयी
फाइनल – वेस्टइन्डिजसंग ७ विकेटले बिजयी

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy