वेस्ट इन्डिजलाई पराजित गर्दै अफगानिस्तानलाई उपाधि

  • विकेटनेपाल, ११ चैत

जिम्बाबेमा सम्पन्न आईसीसी बिश्वकप छनौट अन्तर्गतको फाइनल खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ। दुवै टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्वकप खेल्न छानीसकेका छन् ।

खेलमा वेस्ट इन्डिजले दिएको २०५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर ४०.४ ओभरमा पुरा गरेको थियो। जितमा ओपनर ब्याट्सम्यान मोहम्मद शहजाद(८४ रन) र रहमत शाहले(५१ रन) अर्ध-शतक प्रहार गरे। यसैगरी समिउल्लाह  शेन्वारी र मोहम्मद नाबिले क्रमस : २० र २७ रन जोडे । बलिंगतर्फ क्रिस गेलले २ विकेट चट्काए भने किमो पलले १ विकेट हात पारे।

यस अघि टस जितेर पहिलो ब्याटिंग गरेको युएईले निर्धारित ४६.५ ओभरमा सबै विकेट गुमाउदै मात्र २०४ रन बनाएको थियो। उसको इनिंगमा रब्मन पावेलले ४४, शिमोन हेतमीरले ३८, एवीन लुइसले २७ तथा एशले नर्सले २६ रन बनाएका थिए। अफगानिस्तानका लागि मुजीब उर् रहमानले ९.५ ओभरको स्पेलमा ४३ रन खर्चेर ४ विकेट निकालेका थिए भने गुल्बदीन नइबले २ विकेट चट्काए।

खेलमा ८४ रनको उत्कृस्ट पारि खेलेका शहजाद प्लेयर अफ दि म्याच घोषित भए भने प्रतियोगितामा शानदार अल राउन्ड प्रदर्शन गरेका सिकन्दर राजाले प्लेयर अफ द सिरिज आफ्नो नाममा परे।

सिकन्दर राजा प्रतियोगिताकै उत्कृस्ट खेलाडी

बिश्वकप छनौटमा अफगानिस्तानको प्रदर्शन :

समुह चरण :

पहिलो खेल – स्कटल्याण्डसंग ७ विकेटले पराजित
दोश्रो खेल -जिम्बाबेसंग २ रनले पराजित
तेश्रो खेल – हंगकंगसंग ३० रनले पराजित ( डी/एल )
चौथो खेल – नेपालसंग ६ विकेटले बिजयी

सुपर सिक्स चरण :

पहिलो खेल – वेस्टइन्डिजसंग ३ विकेटले बिजयी
दोश्रो खेल – युएईसंग ५ विकेटले बिजयी
तेश्रो खेल – आयरल्याण्डसंग ५ विकेटले बिजयी
फाइनल – वेस्टइन्डिजसंग ७ विकेटले बिजयी





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]