अफगानिस्तानसँग वेस्ट इन्डिज स्तब्ध, स्कटल्याण्डको अग्रता कायमै

  • विकेटनेपाल, चैत्र २ – शुक्रबार

जिम्बाबेमा जारि विश्वकप छनौट प्रतियोगिता अन्तर्गत बिहिबारदेखि सुपर सिक्स र प्ले-अफ चरणका खेलहरु भएका छन् । हिजोका सुपर सिक्स चरणका खेलमा अफगानिस्तान र स्कटल्याण्डले जित हात पार्दै विश्वकपको ढोका खुला राखेका छन् भने प्ले-अफ तर्फ नेदरल्याण्ड र नेपालको जितपछि नेपालले पहिलोपल्ट एकदिवसीय रास्ट्रको मान्यता पाएको छ। अर्कोतर्फ नेपालसँग पराजित भएपछी पपुवा न्युगिनी र नेदरल्याण्डसँग पराजित भएपछी हंगकंगले आफुसंग भएको एकदिवसीय मान्यता गुमाउने छन् भने डिभिजन २ मा घटुवा पनि हुनेछन्।

सुपर सिक्सको अंकतालिका 

बिहिबार भएका खेलहरुको नतिजा

सुपरसिक्स १: अफगानिस्तान Vs वेस्ट इन्डिज

अफगानिस्तानका मुजीब ज़द्रानले ३ विकेट (१०-१-३३-३) तथा रहमत शाहले धैर्यतापूर्ण ६८ रन (१०९ बल, ५ चौका, १ छक्का) को पारि खेलेपछि अफगानिस्तानले वेस्ट इन्डिजलाई ४७.४ ओभरमा ३ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिजले साइ होपको सर्वाधिक ४३ रन, मार्लोन साम्युल्सको ३६, जेसन होल्डरको २८, इभान लुइसको २७ रनको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर मात्र १९७ रन बनायो। अफगानिस्तानका लागि किफायती बलिंग गरेको मुजीबको साथ दिंदै मोहम्मद नाबीले ४३ रनमा २ विकेट लिए।

जवाफमा रहमत शाहको अर्धशतक, मोहम्मद नाबीको ३१ रन, सामिउल्लाह सेनवारीको २७ रनको मद्दतमा अफगानिस्तानले जित दर्ता गर्यो । वेस्ट इन्डीजका कप्तान जेसन होल्डरले ३९ रनमा ३ विकेट र कीमो पौलले २९ रनमा २ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

प्ले-अफ: नेदरल्याण्ड Vs हंगकंग

टस जितेर पहिले ब्याटिंग गरेको नेदरल्याण्डले म्याक्स ओ डाउडको ६२ रनको मद्दतमा ४८.२ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान पिटर बोरेनले ३१ रन, बस डी लीले २९ रन बनाए। कुनै समय १४५/३ मा रहेको नेदरल्याण्डले हंगकंगका नदीम अहमदले २० रनमा ३ विकेट लिएपछि थप २९ रन जोड्दा ७ विकेट गुमायो। यस्तै तान्विर अफ्ज़ल र एहसान खान  ले २/२ विकेट लिए।

जवाफमा लक्ष्य पछ्याएको हंगकंगले ४३ ओभरमा सबै विकेट गुमाउंदै मात्र १३० रन बनायो र ४४ रनले पराजित भयो। उसका लागि बाबर  हायातले ५२ रन बनाएपनि अर्को तर्फबाट साथ नपाउँदा पराजित हुनु पर्यो । नेदरल्याण्डको जितमा पुर्व-दक्षिण अफ्रिकी रोलेफ भान्डर मोर्वेले मात्र १८ रन खर्चेर ४ विकेट हात पारे।

सुपरसिक्स २: स्कटल्याण्ड Vs संयुक्त अरब इमिरेट्स (युएई)

टस जितेर ब्याटिंग गरेको स्कटल्याण्डले ओपनर म्याथ्यु क्रसको ११४ रनको पारिमा ५० ओभरमा ६ विकेट गुमाएर ३२२ रनको बिशाल योगफल तयार पार्यो । यस्तै कलम मक्लेओडले ७८ रन, कप्तान कायल कोट्ज़रले ४३ रन, रिची ब्यरिंगटनले अविजित ३७ रन, जर्ज मुन्सीले ३० रन बनाए । युएईका कप्तान रोहन मुस्ताफाले ४ विकेट लिन ५६ रन खर्चिए।

जवाफमा मोहम्मद उसमानले ८० रन तथा अहमद राजाले ५० रन बनाएपनि स्कटल्याण्डका क्रिस सोलेले ४ विकेट लिन ६८ रन खर्चेपछी युएईले ४७.४ ओभरमा सबै विकेट गुमाउंदै २४९ रनमात्र बनाउन सक्यो र ७३ रनले पराजित भयो । युएईको लागि ओपनर रोहन मुस्ताफाले ३२ रन र अश्फक अहमदले ३० रन बनाउंदै पहिलो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए । त्यस्तै मोहम्मद उसमान र अहमद राजाले पनि सातौँ विकेटको लागि १०५ रनको साझेदारी गरेका थिए तर जितको लागि पर्याप्त हुन सकेन ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]