अफगानिस्तानसंग वेस्ट इन्डिज निरिह, हेर्नुस के-के भयो पहिलो दिन

  • विकेटनेपाल, फाल्गुन १६ – बुधबार

मार्च ४ तारिख देखि आयोजना हुन लागेको विश्वकप छनौट प्रतियोगिताको लागि जिम्बाबेमा मंगलबार देखि अभ्यास खेलहरु सुरु भएका छन्। पहिलो दिनको ५ अभ्यास खेल हुने भनिएपनि आयोजक जिम्बाबे र आयरल्याण्डबिचको खेल बर्षाको कारण सुरुनै हुन सकेन। अन्य ४ खेलहरुको नतिजा यसप्रकार रहेका छन् –

अफगानिस्तान Vs वेस्ट इन्डिज

अफगानिस्तानलाई रोमान्चक खेलमा डीएल मेथडको आधारमा २९ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । कुनै  समय ७१/८ को स्थितिमा रहेको अफगानिस्तानलाई जित दिलाउन सामिउल्लाह सेनावारीले अविजित ४२ रन (५५ बल, २ छक्का) तथा गुल्बदीन नेबले ४८ रन (३८ बल, ३ चौका, २ छक्का) प्रहार गर्दै नवौं विकेटको लागि ९१ रनको महत्त्वपुर्ण साझेदारी गरेका थिए। पहिले ब्याटिंग गर्दै गर्दा अफगानिस्तान ८२/८ को स्थितिमा रहेका बेला बर्षाले खेल प्रभावित भएपछी ३५ ओभरमा झारिएको खेलमा ९ विकेट गुमाउंदै १६३ रनको योगफल तयार पारेको थियो ।

डिएल मेथड अनुसार ३५ ओभरमा १४० रनको बिजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज दौलत ज़द्रानले ह्याट्रिक सहित ४ विकेट लिन मात्र २६ रन तथा रशिद खानले ७ रन खर्चेर २ विकेट लिएपछि मात्र ११० रनमा समेटिएको थियो। वेस्ट इन्डिजको लागि इभिन लुइसले ३६ तथा मार्लन सामुएल्सले ३४ रन बनाए । ओपनर क्रिस गेल ९ रनमै आउट हुन पुगे।

स्कटल्याण्ड Vs पपुवा न्यु गिनी

ओपनर म्याथु क्रसले अविजित १०१ रन (१२४ बल, ४ चौका, ५ छक्का) तथा अर्का ओपनर काएल कोट्ज़रले आक्रामक ४६ रन (२३ बल, ६ चौका, २ छक्का) बनाउदै पहिलो विकेटको लागि ६८ रनको साझेदारी गरेपछि स्कटल्याण्डले पपुवा न्यु गिनीले दिएको १९७ रनको लक्ष्य मात्र ३ विकेट गुमाएर ३६.४ ओभरमा पुरा गर्यो। यस्तै क्राग वालेन्सले पनि अविजित ३३ रन बनाए।

पपुवा न्यु गिनीले स्कटल्याण्डका टोम सोले र मार्क वाटले समान ३/३ विकेट हात पारेपछि ४६.२ ओभरमा १९६ रन बनाउदा सबै विकेट गुमायो । उसका लागि सेसे बाउले ५३ रन तथा असाद भालाले ३९ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

हंगकंग Vs नेदरल्याण्ड

पौल भान मिरकिरणले मात्र १७ रन खर्चेर ४ विकेट तथा माथिल्लो क्रमका ब्याट्सम्यानले उत्कृस्ट प्रदर्शन गरेपछि नेदरल्याण्डले हंगकंगलाई डिएल मेथडको आधारमा ८ विकेटले पराजित गरेको छ । हंगकंगले निर्धारित ५० ओभरको खेलमा कप्तान बाबर हायातले ८५ रनको पारी खेलेपनि ४१ ओभरमा सबै विकेट गुमाउंदै मात्र १५७ रन बनाएको थियो । जवाफमा बर्षाले पर्भाबित भएपछी ४६ ओभरमा पाएको १५३ रनको बिजयी लक्ष्य वासले वारेसी ४७ रन, म्याक्स ओ डाउडले ४५ रन तथा बेन कुपरले अविजित ४० रन प्रहार गरेपछि नेदरल्याण्डले ३५.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

नेपाल Vs युएई

वर्षाको कारण ढिला सुरु भएपछि २९ ओभरमा छोट्याईएको खेलमा टस जितेर ब्याटिंग गरेको युएईले २८.५ ओभरमा पुरै विकेट गुमाई १७१ रन बनाउन सक्यो। अश्फाक एह्मदले सर्वाधिक ४२, अद्नान मुफ्तीले ३७ तथा घुलाम शब्बिरले ३२ रन बनाए। नेपालको लागि ललित सिंह भण्डारीले सर्वाधिक ४ विकेट, करन केसीले ३ विकेट तथा ललित राजबंशीले २ विकेट लिए।

Lalit Singh Bhandari
Lalit Singh Bhandari

जवाफमा नेपालले लक्ष अन्तिम ओभरमा ४ बल बाँकी रहंदा पुरा गर्यो। जितमा शरद भेसावकरले अविजित ४१ रन ( ५४ बल, १ छक्का ) बनाए भने दिपेन्द्र ऐरीले पनि ४१ रन बनाउन मात्र ३० बलमा ४ चौका र १ छक्का हिर्काए । आरिफ शेखले अविजित २३ तथा पारस खड्काले २८ रन बनाए। युएई बलर आम्री हयातले २ विकेट लिए।

 

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy