अफगानिस्तानसामु जिम्बाबे कमजोर साबित, रासिद र रहमत उत्कृस्ट

  • विकेटनेपाल, माघ २७ – शनिबार

अफगानिस्तान र जिम्बाबेबीच गएराति भएको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले जिम्बाबेलाई १५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यसअघि भएको टी- २० क्रिकेटको सिरिज पनि अफगानिस्तानले २/० अन्तरले जितेको थियो।

५ एकदिवसीयको सिरिज अन्तर्गत शारजाह मैदानमा सम्पन्न पहिलो खेलमा अफगानिस्तानलाई जिताउन रहमत शाहले शतकीय पारि खेलेका थिए भने रासिद खानले उत्कृस्ट बलिंग गरे।

अफगानिस्तानको ब्याटिंग 

टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर ३३३ रनको बिशाल योगफल तयार पारेको थियो। पहिलो विकेटको लागि मोहम्मद सेहजाद र इसाउल्लाह जनतले ९० रनको साझेदारी गरे । सेहजादले ३६ रन तथा जनतले ५४ रन बनाए ।

रहमत शाहले ११४ रनको पारि खेल्ने क्रममा ११० बलमा ८ चौका र ४ छक्का प्रहार गरे। त्यसक्रममा उनले नाजिबुल्लाह ज़द्रानसँग ५ औं विकेटको लागि १५८ रनको साझेदारी समेत गरे। ज़द्रानले ५१ बलमा अविजित ८१ रन ( ५ चौका, ५ छक्का ) बनाए ।

जिम्बाबेको लागि ग्रेम क्रिमरले सर्बाधिक ३ विकेट लिन ४७ रन खर्चिए।

 

रासिदको बलिंगमा जिम्बाबे निरिह 

रशिद खानले ४ विकेट लिन मात्र २६ रन खर्चेपछि ३३४ रनको लक्ष्य पछ्याएको जिम्बाबे मात्र १७९ रनमा समेटियो। यु-१९ रास्ट्रिय क्रिकेट टिमबाट रास्ट्रिय टिममा स्थान बनाएका मुजीब ज़द्रानले पनि २ विकेट हात पारे।

जिम्बाबेको लागि सोलोमोन मिरेले ३४ रन, क्रेग ईर्भाइनले ३३ रन, सिकन्दर राजाले २५ रन बनाएपनि कुनै पनि ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसक्दा जिम्बाबेले ठुलो पराजय व्यहोर्न बाध्य भयो।

आफ्नो एकदिवसीय करियरको तेस्रो शतक प्रहार गरेका रहमत शाह म्यान अफ द म्याच घोषित भए। सिरिजको दोश्रो एकदिवसीय खेल ११ फेब्रुअरीमा शारजाह मैदानमानै हुनेछ।

( फोटो, ग्राफिक्स – अफगानिस्तान क्रिकेट बोर्ड, आईसीसी )





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]