अफगानिस्तानको इनिंगमा लगातार ७ छक्का, जिम्बाबे पराजित

बंगलादेश, जिम्बाबे र अफगानिस्तान बीच जारि त्रिकोणात्मक सिरिज अन्तर्गत दोश्रो खेलमा अफगानिस्तानले जिम्बाबेलाई २८ रनले पराजित गरेको छ। सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले जिम्बाबेलाई शुक्रबार ३ विकेटले पराजित गरेको थियो।

शेरे बंगला स्टेडियम ढाकामा सम्पन्न खेलमा अफगानिस्तानले पहिले ब्याटिंग गर्दै दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाबेको लागि रेगिस चकाभाले सर्वाधिक अविजित ४२ रन बनाए जुन क्रममा ३ चौका र २ छक्का प्रहार गरे। एक समय ९६ रनमा ६ विकेट गुमाईसकेको अवस्थामा चकाभा र नेभिल्ले म्याडजिभाले सातौँ विकेटको लागि ४५ रनको साझेदारी गर्दै ठुलो हार बाट जोगाए।

अफगानिस्तान बलर रासिद खान ( ४-०-२९-२ ) र फरिद मलिकले ( ४-०-३५-२ )  समान २/२ विकेट लिए।

लगातार ७ छक्का मद्दतले अफगानिस्तानको विशाल योगफल  

टस हारेर ब्याटिंग गरेको अफगानिस्तानको लागि नाजिबुल्लाह जद्रानले सर्वाधिक ६९ रन बनाए। ३० बलमा उनले ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै ओपनर रह्मनुल्लाह गुर्बाजले २४ बलमा ४३ ( ४ चौका र २ छक्का ) तथा मोहम्मद नाबीले १८ बलमा ३८ रन ( ४ छक्का ) बनाए।

९० रनमा ४ विकेट गुमेको अवस्थामा जद्रान र नाबीले पाँचौ विकेटको लागि १०७ रनको साझेदारी गर्दै टिमलाई ठुलो योगफलतर्फ डोर्याएका थिए।

टेन्डाइ चताराले गरेको अफगानिस्तान इनिंगको १७ औं ओभरको अन्तिम ४ बलमा मोहम्मद नाबीले लगातार ४ छक्का प्रहार गरेका थिए। त्यस लगत्तै नेभिल्ले म्याडजिभाले गरेको १८ औं ओभरको पहिलो ३ बलमा नजिबुल्लाह जद्रानले ३ छक्का प्रहार गरेका थिए। जद्रान प्लेयर अफ द म्याच चुनिए।

जिम्बाबे बलिंगमा चताराले २ विकेट लिन ४ ओभरमा ५३ रन खर्चिए भने सिन विलियम्सले २ विकेट लिन १६ रन मात्र खर्चिए।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]