नाबी र मुजीबले उत्कृस्ट प्रदर्शन गर्दा, अफगानिस्तानसंग बंगलादेश पराजित

बंगलादेशमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत तेश्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई पराजित गरेको छ।

सिरिज अन्तर्गत हालसम्म ३ वटा खेल सम्पन्न बनाएका छन् जस अन्तर्गत पहिलो खेलमा बंगलादेशले जिम्बाबेलाई पराजित गरेको थियो। अफगानिस्तानले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा जिम्बाबेलाई २८ रनले तथा आयोजक बंगलादेशलाई २५ रनले पराजित गरेको हो।

शेरे बंगला स्टेडियम ढाकाले टस जितेर अफगानिस्तानले ब्याटिंग गर्दै १६४ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा बंगलादेशले १९.५ ओभरमा १३९ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

अफगानिस्तान बलर मुजिब उर् रहमानले ४ विकेट लिंदा बंगलादेशलाई पराजित गर्न अहम भूमिका खेले। उनले ४ ओभरमा मात्र १५ रन खर्चिए। यस्तै फ्रिड मलिक, रासिद खान र गुल्बदीन नैबले समान २/२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको बंगलादेशले पहिलो ४ विकेट पाँचौ ओभरमा ३२ रन बनाउदा गुमाउन पुगेको थियो। खेलको दोश्रो बलमा मुजिबले लिटन दासलाई खाता नखोली क्याच आउट गराएका थिए। त्यसपछि मुस्फिकुर रहिम ५ रन बनाएर फ्रिड मलिकबाट बोल्ड भए। कप्तान शकिब अल हसन ( १५ रन ) र सौम्य सरकारलाई मुजिबले पाँचौ ओभरको दोश्रो र छैठौ बलमा आउट गरेका थिए।

३२/४ को अवस्थाबाट महमदुल्लाह र सब्बिर रहमानले पाँचौ विकेटको लागि ५८ रनको साझेदारी गरे। १४ औं ओभरमा गुल्बदीन नैबले ४४ रन बनाएका महमदुल्लाहलाई आउट गरेपछि भने बंगलादेशले पुनः लगातार जसो विकेट गुमाउन पुग्यो। सब्बिर २४, अफिफ होसें १६ तथा मोसद्देक होसें १२ रन बनाएर आउट भए। फलस्वरूप १९.५ ओभरमा सबै विकेट गुमाउन पुग्यो।

नाबीको विस्फोटक ब्याटिंग 

टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा अफगानिस्तानको पनि सुरुवात खराब रहेको थियो। उसले ४० रनमा सुरुवात ४ विकेट गुमाउन पुग्यो। रह्मनुल्लाह गुर्बाज ० , हज्रतुल्लाह जजि १, नजिब तर्काइ ११ तथा नाजिबुल्लाह जद्रान ५ रन बनाएर आउट भए।

पाँचौ विकेटको लागि अस्घर अफ्घान र मोहम्मद नाबीले ७९ रनको साझेदारी गरे। अफ्घन ३७ बलमा ४० रन बनाएर १७ औं ओभरमा आउट भए जुन क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे।

अन्तिमको ओभरहरुमा नाबीले गेर परिवर्तन गरे र आक्रामक ब्याटिंग गरे। १८ औं ओभरमा सौम्य सरकारलाई नाबीले २ छक्का र २ चौका प्रहार गरे भने १९ औं ओभरमा सैफुद्दीनलाई २ छक्का प्रहार गरे। १८ औं ओभरमा २२ र १९ औं ओभरमा १७ रन आएपछि अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

नाबीले अविजित ८४ रन बनाए जुन क्रममा ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। नाबीनै प्लेयर अफ द म्याच चुनिन पुगे। बंगलादेश बलर मोहम्मद सैफुद्दीनले ४ ( ४-०-३३-४ ) र शकिब अल हसनले २ विकेट ( ४-१-१८-२ ) लिए।

सिरिज अन्तर्गत आगामी खेल बुधबार बंगलादेश र जिम्बाबे बीच खेलिनेछ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]