सनसनीपूर्ण खेल बराबरीमा रोकियो, अफगानिस्तानको शानदार प्रदर्शन

  • विकेटनेपाल,असोज-८  

अचम्मित पार्ने खेलमा भारतलाई बराबरीमा रोक्दै अफगानिस्तानले एसिया कप यात्रा अन्त्य गरेको छ।

एसिया कपको सुपर-४ चरणको खेलमा पहिले ब्याटिंग गर्दै अफगानिस्थानले २५२ रनको योगफल तयार गरेको थियो र लक्ष्य पछ्याउने क्रममा भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५२ रननै बनाएपछि खेल बराबरीमा रोकिएको हो।

अफगानिस्तानको एकदिवसीय इतिहासकै यो पहिलो बराबरी खेल हो भने भारतको इतिहासमा यो आठौँ बराबरी भएको खेल हो। अन्तिम पटक भारतलले न्युजिल्याण्डसंग २०१४ बराबरी नतिजा ल्याएको थियो। एकदिवसीय अन्तर्रास्ट्रिय क्रिकेटमा हालसम्म ३६ वटा खेलहरु बराबरीमा रोकिएको छ।

यसरी भयो बराबरी ? 

२५३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले राम्रो सुरुवात गर्दै पहिलो विकेटको लागि ११० रन बनायो। ओपनर लोकेश राहुलले ६० र अम्बाती रायडूले ५७ रन बनाएर आउट भए। यस्तै तेश्रो नम्बरमा दिनेश कार्तिकले ४४ रन बनाउदा भरात कुनै बेला ३१ औं ओभरमा १६६/३ को अवस्थामा थियो।

त्यसपछि भने भारतले लगातार जसो विकेट गुमाउन पुग्यो कप्तानी गरिरहेका धोनी ( ८ ) , मनिष पाण्डे ( ८ ) , केदार जाधब ( १९ ), दिपक चाहर ( १२ ) रन बनाएर आउट हुँदा भारत १६६/३ बाट ४५ औं ओभरमा २२६/७ को अवस्थामा पुग्यो। त्यसपछि रबिन्द्र जडेजाले अन्तिमसम्म ब्याटिंग गर्दै भारतलाई जितसम्म पुर्याउने प्रयास गरे पनि अर्को किनारमा विकेट गइनै रह्यो।

४८ ओभरमा २४०/७ रहंदा भारतलाई जित्न २ ओभरमा १३ रन चाहिएको थियो। ४९ औं ओभरको पहिलो बलमा कुलदिप यादब रनआउट हुन पुगे जसपछि भारत दबाबमा आयो र त्यसै ओभरमा सिद्धार्थ कौल पनि खाता नखोली रन आउट हुन पुगे। ४९ ओभर सकिद भारत २४६/९ को अवस्थामा पुग्यो।

रोमान्चक अन्तिम ओभर 

खेल जित्न १ विकेट अफगानिस्तानलाई आवस्यक थियो र अन्तिम ओभरमा भारतलाई जितको लागि ७ रन। बलिङ्ग गर्दै थिए रासिद खान।

रासिदको पहिलो बलमा जडेजाले रन लिन सकेनन् भने दोश्रो बलमा डिप मिड-विकेट भने चौका प्रहार गरे। अब बाँकी थियो ४ बल र जित्न ३ रन। ओभरको तेश्रो बलमा जडेजाले १ रन लिए र स्ट्राइकमा आए खलिल एहमद। अब आवस्यक थियो ३ बल मा जित्न २ रन। ओभरको चौथो बलमा खलिल एहमदले १ रन लिए र जडेजालाई स्ट्राइक दिए। स्कोर बराबरी भइसकेको थियो र अब भारतलाई जित्न २ बलमा १ रन आवस्यक।

पाँचौ बलमा रासिदले सर्टबल गरे जसलाई जडेजाले पुल गर्न खोजे तर प्रहारको टाइमिङ्ग मिल्न नसक्दा ब्याटको माथिल्लो किनार लाग्दै मिड-विकेटमा नजिबुल्लहको हातबाट समातिन पुगे।

२५ रन बनाएका जडेजा आउट भए र खेल बराबरीमै रोकियो। भारतले  ४९.५ ओभरमा सबै विकेट गुमाएर २५२ रननै बनायो।

अफगानिस्तानको लागि अफताब आलम , राशिद खान र मोहम्मद नबिले समान २/२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच शतक बनाएका अफगानिस्तान ब्याट्सम्यान मोहम्मद शहजाद घोषित भए।

शहजादको शानदार शतक

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानको लागि ओपनर मोहम्मद शहजाद र जाभेद अहमदीले पहिलो विकेटकको लागि ६५ रन बनाए।

पहिलो विकेटको रुपमा ३० बलमा ५ रन बनाएर जभेद आउट भएपछि राहात शाह ( ३ ) , हश्मतुल्लाह शाहिदी ( ० ) तथा कप्तान अस्घर अफ्घान ( ० ) ले लगातार विकेट गुमाउन पुग्दा अफगानिस्तान १५.३ ओभरमा ८२/४ को खराब अवस्थामा पुग्यो।

तर एउटा किनारमा शहजादले विकेट गुमाएनन् र एकदिवसीय करियरकै पाँचौ शतक पुरा गर्दै अफगानिस्तानको स्कोर १५० समेत पार गराए। ३८ औं ओभरमा व्यक्तिगत १२४ रन बनाएर आउट हुनु अघि उनले पाँचौ विकेटको लागि गुल्बदीन नैबसंग ५० रनको तथा छैठौं विकेटको लागि मोहम्मद नबिसंग ४८ रनको साझेदारी गरे।

११ चौका र ७ छक्का मद्दतले १२४ रन बनाएका शहजादले अफगानिस्तानको लागि एकदिवसीयमा धेरै व्यक्तिगत रन बनाउने सुचीमा समेत तेश्रो स्थानमा आफ्नो नाम लेखाए। अविजित १३१ रन बनाउने क्रममा शहजादनै अफगानिस्तानको लागि सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्सम्यान हुन् भने दोश्रो स्थानमा नवरोज मंगल १२९ रन सहित रहेका छन्।

शहजादको विकेट जाँदा १८०/६ को अवस्थामा रहेको इनिंगलाई मोहमद नबि र नाजिबुल्लाह जद्रानले सातौं विकेटको लागि ४६ रनको साझेदारी गर्दै उकासे। जद्रान २० रन बनाएर आउट भए भने नबिले अर्धशतकीय इनिंग खेल्दै ६४ रन ( ५६ बल, ४ छक्का र ३ चौका ) बनाएर आउट भए। राशिद खानले अविजित १२ रन बनाए

अफगानिस्तानले पुरा ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो।

भारतको बलिङ्गतर्फ रभिन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिने क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४६ रन खर्चिए। यस्तै कुलदिप यादबले २ विकेट ( १०-०-३८-२ ) लिंदा खलिल अहमद, दिपक चाहर र केदार जाधबले समान १ विकेट लिए।

शानदार रह्यो प्रतियोगितामा अफगानिस्तानको प्रदर्शन 

प्रतियोगिताको समुह चरणमा अफगानिस्तानले श्रीलंकालिई ९१ रनले तथा बंगलादेशलाई १३६ रनले पराजित गर्दै समुह ‘बि’ को बिजेताको रुपमा सुपर-४ चरण प्रवेश गरेको थियो।

सुपर-४ चरणमा भने दुर्भाग्यशालि बनेको अफगानिस्तानले पाकिस्तानसंग ३ विकेटले तथा बंगलादेशसंग ३ रनको हार बेहोर्न पुग्यो। दुबै खेल अन्तिम ओभरसम्म पुगेको थियो। सुपर-४ चरणक दुई खेलमा पराजित भए पछि अफगानिस्तान भारतसंग खेल्नु अघि फाइनल पुग्न असफल भएको थियो।

प्रतियोगिताको फाइनलमा भारत प्रवेश गरिसकेको छ भने दोश्रो टिमको निर्क्योल आज हुने पाकिस्तान र बंगलादेश बीचको खेलले गर्नेछ। २/२ खेल खेलेको पाकिस्तान र बंगलादेशले १ जित र १ हार बेहोरेको छ र अन्तिम खेलमा २ टिम बीच जसले जित्छ फाइनलमा भारतको सामना गर्नेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]