टि-२० विश्वकप : अफगानिस्तान र आयरल्याण्ड अंक बाँड्न बाध्य

अस्ट्रेलियामा जारि टि-२० विश्वकप अन्तर्गत शुक्रबारको अफगानिस्तान र आयरल्याण्ड बीचको पहिलो खेल वर्षाका कारण टस समेत नभई रद्द भएको छ।

मेलबर्न क्रिकेट ग्राउण्डमा खेल नहुँदा अफगानिस्तान र आयरल्याण्डले १-१ अंक बाँडेका छन्।

सुपर-१२ चरणको समुह ‘१’ मा आयरल्याण्ड ३ अंक सहित दोश्रो स्थानमा छ। आयरल्याण्ड पहिलो खेलमा श्रीलंकासंग पराजित भए पनि दोश्रो खेलमा इंग्ल्यान्डलाई ५ रनले ( डीएलएस ) पराजित गरेको थियो।

अफगानिस्तान २ अंक सहित पाँचौ स्थानमा छ। पहिलो खेलमा इंग्ल्यान्डसंग पराजित भएपछि अफगानिस्तानको लगातार दोश्रो खेल वर्षाले रद्द भएको हो। यस अघि न्युजिल्यान्डसंगको खेल पनि रद्द भएको थियो।

आयरल्याण्डले आगामी खेल अस्ट्रेलिया बिरुद्ध अक्टोबर ३१ तारिखमा खेल्नेछ। अफगानिस्तानले नोभेम्बर १ तारिखमा श्रीलंका बिरुद्ध खेल्नेछ।

अंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy