टि-२० विश्वकप : अफगानिस्तान र आयरल्याण्ड अंक बाँड्न बाध्य

अस्ट्रेलियामा जारि टि-२० विश्वकप अन्तर्गत शुक्रबारको अफगानिस्तान र आयरल्याण्ड बीचको पहिलो खेल वर्षाका कारण टस समेत नभई रद्द भएको छ।

मेलबर्न क्रिकेट ग्राउण्डमा खेल नहुँदा अफगानिस्तान र आयरल्याण्डले १-१ अंक बाँडेका छन्।

सुपर-१२ चरणको समुह ‘१’ मा आयरल्याण्ड ३ अंक सहित दोश्रो स्थानमा छ। आयरल्याण्ड पहिलो खेलमा श्रीलंकासंग पराजित भए पनि दोश्रो खेलमा इंग्ल्यान्डलाई ५ रनले ( डीएलएस ) पराजित गरेको थियो।

अफगानिस्तान २ अंक सहित पाँचौ स्थानमा छ। पहिलो खेलमा इंग्ल्यान्डसंग पराजित भएपछि अफगानिस्तानको लगातार दोश्रो खेल वर्षाले रद्द भएको हो। यस अघि न्युजिल्यान्डसंगको खेल पनि रद्द भएको थियो।

आयरल्याण्डले आगामी खेल अस्ट्रेलिया बिरुद्ध अक्टोबर ३१ तारिखमा खेल्नेछ। अफगानिस्तानले नोभेम्बर १ तारिखमा श्रीलंका बिरुद्ध खेल्नेछ।

अंकतालिका 





थप समाचार

सप्तरी प्राइड लिग-७ : राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सेमीफाइनलमा

सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ […]

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]