अफगानिस्तानले चाख्यो हारको स्वाद, आयरल्याण्ड, युएई र जिम्बाबे बिजयी

  • विकेटनेपाल, फाल्गुन २० – आइतबार

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता जिम्बाबेमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत आइतबार पहिलो दिन ४ वटा खेलहरु सम्पन्न भए जसमा स्कटल्याण्ड, आयरल्याण्ड,युएईले जित हात पारेका छन्। हेर्नुस कुन खेलमा के-के नतिजा आयो-

स्कटल्याण्डसँग अफगानिस्तान पराजित

टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले मोहम्मद नाबीको ९२ रन (८२ बल, ७ चौका, ३ छक्का) तथा नाजिबुल्लाह ज़द्रानको ६७ रन (६९ बल, ६ चौका, २ छक्का) को मद्दतमा ४९.४ ओभरमा सबै विकेट गुमाउंदै २५५ रनको योगफल तयार पार्यो। त्यस्तै ओपनर मोहम्मद शेह्जादले ३० रन (५४ बल, ४ चौका) को पारि खेले। स्कटल्याण्डका लागि ब्राड व्हीलले ३६ रन खर्चेर तथा रिची बेर्रिंगटनले ४३ रन खर्चेर समान ३/३ विकेट हात पारे।

जवाफमा स्कटल्याण्डले कालुम मक्ल्यूडले अविजित बिशाल शतक प्रहार गरेपछि मात्र ४७.२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। १४६ बलको सामना गरेका मक्ल्यूडले १४६ बलको सामना गर्दा २३ चौका र १ छक्काको मद्दतमा अविजित १५७ रन बनाए। रिची बेर्रिंगटनले ९५ बलमा ४ चौका सहित ६७ रन बनाउँदा मक्ल्यूडसँग तेस्रो विकेटको लागि २०८ रनको बिशाल साझेदारी गरेका थिए। अफगानिस्तानका मुजीब उर् रहमानले २ विकेट लिए।

युएईद्वारा पपुवा न्यु गिनी पराजित

कप्तान रोहन मुस्ताफाले ९५ रन (१३६ बल, ४ चौका, ४ छक्का) र अश्फाक अहमदले ५० रन (५६ बल, ५ चौका, १ छक्का) प्रहार गर्दै पहिलो विकेटको लागि ९१ रनको साझेदारी गरेपछि पहिले ब्याटिंग गरेको युएईले ४९.४ मा सबै विकेट गुमाउदै २२१ रनको योगफल तयार पारेको थियो । पपुवा न्यु गिनीका नोर्मान भानुवाले ४ विकेट लिन ३९ रन खर्चे।

जवाफमा बर्षाले २९ ओभरमा १७० रनको लक्ष्य पाएपछि युएईका मोहम्मद नाविदले ५ विकेट लिन २८ रन खर्चिंदा पपुवा न्यु गिनी २५.५ ओभरमा मात्र ११३ रनमा समेटियो। उसका चार्ल्स अमिनीले सर्बाधिक २४ रन बनाए।

आयरल्याण्डले नेदरल्याण्डलाई पराजित गर्यो

एन्ड्रिउ बाल्बिर्नेले ६८ रन (७५ बल, ४ चौका, १ छक्का), निल ओ ब्रायनले ४९ रन (३५ बल, ५ चौका, २ छक्का) तथा विल्लियम पोर्टफिल्डले ४७ रन (६९ बल, ४ चौका, १ छक्का) प्रहार गरेपछि पहिले ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रनको योगफल तयार पारेको थियो। नेदरल्याण्ड  का टिम भान डर गौटेनले ३ विकेट हात पारे। जवाफमा बर्षा भएपछी ४१ ओभरमा २४३ रनको लक्ष्य पाएको नेदरल्याण्डले ३२.२ ओभरमा सबै विकेट गुमाउंदै १४९ रन मात्र बनाउन सक्यो। उसका कसैले पनि ठुलो स्कोर बनाउन सकेनन्। आयरल्याण्डका टिम मुर्ताघले ३ विकेट हात पारे।

जिम्बाबेद्वारा नेपाल पराजित 

टस जितेर पहिले ब्याटिंग गर्दै जिम्बाबेले पुरै ५० ओभर ब्याटिंग गर्दै ३८०/६ को बिशाल योगफल तयार गर्यो। ब्रेण्डन टेलरले १०० र सिकन्दर राजाले १२३ रन बनाए भने बलिंगतर्फ नेपालको लागि बसन्त रेग्मी र सोमपाल कामिले समान २/२ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा नेपालले पुरै ५० ओभरमा २६४/८ को योगफल तयार गर्न सक्यो। शरद भेसावकरले ५२, आरिफ शेखले ५०, पारस खड्काले ४० तथा रोहित पौडेलले ३० रन बनाए। बलिंगतर्फ पनि सिकन्दर राजाले सर्वाधिक ३ विकेट तथा ब्रायन भिटोरीले २ विकेट हात पारे।

 





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]