बिश्वकप छनौट अघि अफगानिस्तानलाई झट्का! स्टानिक्जाई खेल्न नसक्ने

  • विकेटनेपाल – १४ फाल्गुन, सोमबार

आगामी मार्च ४ बाट जिम्बाबेमा सुरुहुने एक दिवसीय विश्वकप छनौटका सुरु हुनु अघि अफगानिस्तानलाई झट्का लागेको छ।

अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिक्जाईले पुरै प्रतियोगितानै खेल्न नसक्ने भए पछि उसले युवा स्पिनर राशिद खानलाई कप्तानको रुपमा नियुक्त गरेको छ।

रासिद खान

बिश्वकप छनौटमा अफगानिस्तान रहेको समुह ‘बि’ मा नेपाल, आयोजक जिम्बाबे र स्कटल्याण्ड रहेको छ। नेपाल र अफगानिस्तान बीच मार्च १० तारिकमा समुह चरणको खेल खेलिने तालिका रहेको छ। अफगानिस्तानले प्रतियोगिताको पहिलो खेल ४ मार्चमा स्कटल्याण्डसंग, ६ मार्चमा जिम्बाबेसंग तथा ८ मार्चमा हंगकंगसंग खेल्ने कार्यक्रम रहेको छ।

कप्तान अस्घर स्टानिक्जाई स्वास्थ्यमा समस्या आएपछि उनको स्थानमा राशिदलाई कप्तान तोकिएको हो। अफगानिस्तान क्रिकेट बोर्डका अनुसार स्टानिक्जाईलाई एपेन्डिक्सको समस्या रहेको र शल्यक्रिया सहित कम्तिमा १० दिनको आरामको जरुरत रहेको छ।

फोटो – जिम्बाबे क्रिकेट

१९ बर्षीय लेग स्पिनर राशिद, केहि दिनअघि मात्र आईसीसी एक दिवसीय बलरको बरियतामा शिर्ष स्थानमा उक्लिएका थिए। स्टानिक्जाई कप्तान रहंदा राशिद अफगानिस्तान टोलिको उप-कप्तान रहेका थिए। राशिदले अहिलेसम्म राष्ट्रिय टोलिको नेतृत्व गरेका छैनन्।

 

प्रतियोगिता सुरुहुन अघि अफगानिस्तानले दुई अभ्यास खेल खेल्ने छ। २७ फेब्रुअरीमा अफगानिस्तानले वेस्ट इन्डिजको सामना गर्दा अन्तिम अभ्यास खेल भने नेदरल्याण्ड विरूद मार्च १ तारिखमा हुँदै छ।

( फोटो : अफगानिस्तान क्रिकेट बोर्ड , आईसीसी )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy