पाकिस्तान र अफगानिस्तान फ्यान बीच कुटाकुट ( भिडियो सहित )

अफगानिस्तान र पाकिस्तान बीचको अत्यन्त रोमान्चक खेलमा पाकिस्तान विजयी भए पछि लिड्सको हेडिंगले मैदानमा पाकिस्तान र अफगानिस्तान फ्यानहरु बीच कुटाकुट भएको छ।

खेलको दौरान समेत २ टिमका फ्यानहरु बीच झडपहरु भएका थिए भने पाकिस्तानले विजयी रन प्रहार गरे पछि त्यसले उग्र रुप लिएको थियो। पाकिस्तान जित्ने बितिकै अफगानिस्तान र पाकिस्तान फ्यानहरुले एक-अर्का लाई पानिको बोतलले हानाहान गरेका थिए।

खेल पछि भएको कुटाकुट

रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य अन्तिम ओभरको चौथो बलमा ७ विकेट गुमाएर पुरा गरेको थियो। जितपछि पाकिस्तानले सेमीफाइनल पुग्ने आशालाई जीवित राखेको छ भने अफगानिस्तानले लगातार आठौँ खेलमा हार बेहोर्यो।

खेल पछि पाकिस्तानी फ्यानको एउटा समुहले मैदान र दर्शक बस्ने ठाउँ बीचको बारलाई भाँचेर मैदानमा दगुरेका थिए। त्यो दौरान एक जना अफगानिस्तान खेलाडीलाई समेत लागेको थियो। बाउन्ड्री नजिक रहेका अफगानी खेलाडी मोहम्मद नाबीलाई सुरक्षा गार्डले बचाएका थिए।

यस्तै खेल जिताएर फर्कीरहेको अवस्थामा वहाव रियाज र इमाद वासिमलाई समेत एक अफगानिस्तान फ्यानले आक्रमण प्रयास गरेका थिए जसलाई तुरुन्तै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

भिडियो हेर्नुस

रिपोर्टका अनुसार खेलको दौरान कम्तिमा २ जना फ्यानलाई मैदानबाट निकालिएको थियो । आईसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा यस्तो घटना भएको यो दुर्लभ हो।

खेलको दौरान एक-अर्का लाई जिस्क्याएर सुरु भएको भनाभनले खेलको अन्त्यसम्म ठुलो रुप लिएको हो। स्टेडियम बाहिर पनि दुई देशका फ्यानहरु बीच झडप भएको छ।

कुटाकुटको दृश्य खिच्न पुगेका पकिस्तामी मिडियालाई अफगानिस्तान फ्यानहरुले हमला गरेका थिए। अफगानिस्तान फ्यानहरु खेल हेर्नको लागि स्टेडियमको पर्खाल नाघ्ने प्रयास समेत गरेको बताईएको छ।

ट्वीटरमा सार्वजनिक भएको एउटा भिडियोमा अफगानिस्तानी फ्यानहरुको समुहले एक पाकिस्तानी फ्यानलाई कुटेको समेत देखिएको छ। यस्तै पाकिस्तानी फ्यानलाई स्टेडियम बहिरे कुटेको भिडियो समेत बाहिर आएको छ।

 

 

घटना पछि ट्वीटरमा फ्यानहरुको यो हर्कतको बिरोध भएको छ





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]