विश्वकप : लगातार चौंथो जित पछि न्युजिल्यान्ड शिर्षमा, अफगानिस्तान विशाल अन्तरले पराजित

अफगानिस्तानलाई एकतर्फी खेलमा १४९ रनको विशाल अन्तरले पराजित गर्दै भारतमा जारी एकदिवसीय विश्वकपमा न्युजिल्यान्डले विजयी यात्रा कायमै राखेको छ।

न्युजिल्यान्ड सबै चारवटै खेलमा जित दर्ता गर्दै अंकतालिकाको शिर्ष स्थानमा छ। चौंथो खेल खेल्दा तेश्रो हार बेहोरेको अफगानिस्तान २ अंक सहित नवौं स्थानमा छ।

चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा न्युजिल्यान्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३४.४ ओभरमा १३९ रनमा सबै विकेट गुमायो। उसको लागि रहमत शाहले ३६, अज्मतुल्लाह ओमरजाईले २७ तथा इक्रम अलिखिलले १९ रन बनाए।

न्युजिल्यान्ड बलर मिचेल स्यान्टनर र लकी फर्गुसनले ३/३, ट्रेन्ट बोल्टले २ तथा म्याट हेनरी र रचिन रभिन्द्रले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनायो। उसको लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ , कप्तान टम लाथमले ६८ रन तथा विल योंगले ५४ रन बनाए। रचिन रभिन्द्रले ३२, मार्क च्यापम्यानले अविजित २५, डेभोन कनवेले २० रन बनाए। ११०/४ को अवस्थाबाट पाँचौ विकेटको लागि फिलिप्स र लाथमले १४५ रनको साझेदारी गरेका थिए।

अफगानिस्तान बलर नभिन उल हक र अज्मतुल्लाह ओमरजाईले २/२ तथा मुजीब उर् रहमान र राशिद खानले १/१ विकेट लिए।

अंकतालिका 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]