विश्वकप : लगातार चौंथो जित पछि न्युजिल्यान्ड शिर्षमा, अफगानिस्तान विशाल अन्तरले पराजित

२०८० कार्तिक १, बुधबार २३:०७

अफगानिस्तानलाई एकतर्फी खेलमा १४९ रनको विशाल अन्तरले पराजित गर्दै भारतमा जारी एकदिवसीय विश्वकपमा न्युजिल्यान्डले विजयी यात्रा कायमै राखेको छ।

न्युजिल्यान्ड सबै चारवटै खेलमा जित दर्ता गर्दै अंकतालिकाको शिर्ष स्थानमा छ। चौंथो खेल खेल्दा तेश्रो हार बेहोरेको अफगानिस्तान २ अंक सहित नवौं स्थानमा छ।

चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा न्युजिल्यान्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३४.४ ओभरमा १३९ रनमा सबै विकेट गुमायो। उसको लागि रहमत शाहले ३६, अज्मतुल्लाह ओमरजाईले २७ तथा इक्रम अलिखिलले १९ रन बनाए।

न्युजिल्यान्ड बलर मिचेल स्यान्टनर र लकी फर्गुसनले ३/३, ट्रेन्ट बोल्टले २ तथा म्याट हेनरी र रचिन रभिन्द्रले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनायो। उसको लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ , कप्तान टम लाथमले ६८ रन तथा विल योंगले ५४ रन बनाए। रचिन रभिन्द्रले ३२, मार्क च्यापम्यानले अविजित २५, डेभोन कनवेले २० रन बनाए। ११०/४ को अवस्थाबाट पाँचौ विकेटको लागि फिलिप्स र लाथमले १४५ रनको साझेदारी गरेका थिए।

अफगानिस्तान बलर नभिन उल हक र अज्मतुल्लाह ओमरजाईले २/२ तथा मुजीब उर् रहमान र राशिद खानले १/१ विकेट लिए।

अंकतालिका 

https://www.youtube.com/watch?v=-GU7D4jeCFg

https://www.youtube.com/watch?v=a43G9CkvoDg

https://www.youtube.com/watch?v=94UQB1s06Eg

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy