रियाजको शतकमा अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको लक्ष्य

भारतमा जारि चौकोणीय यु-१९ एक दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि जारि खेलमा नेपालले २४५ रनको ठूलो लक्ष्य पाएको छ।

लखनउ स्थित एकाना मैदान ‘बि’ मा टस जित्दै ब्याटिंग गर्ने निर्णय लिएको अफगानिस्तान यु-१९ टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन जोडेको हो। अफगानिस्तानको स्कोरलाई ठूलो योगफलसम्म पुर्याउन उसका रियाज हसनले शतकीय पारि खेले।

|| स्कोरकार्ड ||

ओपनिंग गर्न उत्रिएका रियाजले पुरै ५० ओभर ब्याटिंग गर्दै ११७ रनको अविजित पारि खेले। त्यसक्रममा उनले १४९ बलमा १२ चौका र २ छक्का समेत प्रहार गरे। पहिलो विकेटका लागि रियाजले सेदीकुल्लाह अटलसंग ४० रनको साझेदारी गर्दै अफगानिस्तानलाई राम्रो सुरुवात दिएका थिए।

त्यसपश्चात भने लगातार अन्तरालमा अफगानिस्तानले विकेट गुमाएपनि एक किनार सम्हालेका रियाजले शतक बनाउंदै टोलीको स्कोरलाई २४४ रनसम्म पुर्याए। अफगानिस्तानको ब्याटिंगमा बसिर खान सिरले ३२ तथा अरिफ खान दौलतजाईले २४ रनको व्यक्तिगत योगदान गरे।

Sagar Dhakal
Sagar Dhakal

नेपालको बलिंग तर्फ पवन सर्राफ, सागर ढकाल र संसाद आलमले समान २-२ विकेट हात पारे। आफ्नो १० ओभरको स्पेलमा सागरले उत्कृस्ट बलिंग गर्दै मात्र २८ रन खर्चिएका थिए। यसअघि सम्पन्न अघिल्लो खेलमा समेत सागरले अफगानिस्तान यु-१९ बिरुद्ध ४ विकेट चट्काएका थिए।

सिरिज अन्तर्गत पहिलो दुई खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’संग पराजित भएको नेपाली युवा टोलीले तेस्रो खेलमा भने अफगानिस्तान यु-१९ लाई पराजित गरेको थियो। मंगलवार नै हुने प्रतियोगिताको फाइनल खेलमा भने भारत यु-१९ ‘ए’ र ‘बि’ भिड्दै छन्।

अफगानिस्तान यु-१९ले भने सिरिजमा खेल जित्न सफल भएको छैन। पहिलो दुई खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भएको अफगान टोलि तेस्रो खेलमा नेपाल यु-१९ संग पराजित भएको थियो।

नेपालको अन्तिम ११ – आसिफ शेख ( कप्तान , विकेटकिपर ) लोकेश बम, सन्दिप जोरा, रित गौतम, भिम शार्की,अरुण ऐरि, कमल ऐरि, राशिद खान, संसाद आलम, सागार ढकाल,पवन सर्राफ





थप समाचार

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]

यु-१९ एसिया कप : लगातार दोश्रो हार पछि नेपालको सेमीफाइनल सम्भावना समाप्त

युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल […]

एनपीएल : उद्घाटन खेलमा सन्दिपको टिम बिराटनगर जनकपुरसंग ८ विकेटले पराजित

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अनिल शाह कप्तानीको जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्ने क्रममा सन्दिप लामिछाने कप्तानीको टिम बिराटनगर किंग्सलाई […]

शिखर धवन भन्छन्ः ‘एनपिएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु’

काठमाडौं । कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आईपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न […]

लुम्बिनी लायन्स र रिलायन्स फाइनान्स बीच प्रायोजन सम्झौता

नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको […]