अफगानिस्तान यु-१९ संग नेपाल यु-१९ ७१ रनले पराजित

Nepal U19 Cricket Team
  • विकेटनेपाल, असोज २ 

भारतको लखनउमा सम्पन्न यु-१९ चौकोणीय एकदिवसीय सिरिजको तेश्रो स्थानको लागि भएको खेलमा नेपाल अफगानिस्थान यु-१९ संग ७१ रनले पराजित भएको छ।

अघिल्लो खेलमा अफगानिस्तानलाई पराजित गरेको नेपालले २५ रनले पराजित गरेको नेपालले प्ले-अफमा भने त्यही प्रदर्शनलाई निरन्तरता दिन सकेन। सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा भारत यु-१९ ‘बि’ संग ४० रनले तथा भारत ‘ए’ संग ८ विकेटले पराजित भएको थियो।

लिग चरणको अंकतालिकामा कुनै पनि जित हात नपार्दै पुछारमा रहेको अफगानिस्थान र १ जित हात पारेको नेपाल तेश्रो स्थानको लागि प्ले-अफ खेलमा प्रतिस्पर्धा गरेका हुन्।

चलेन ब्याटिंग 

अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली युवा टिमले ४५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो।

नेपाली माथिल्लो क्रमका ब्याट्सम्यानहरुले सुरुवात पाए त्यसलाई ठुलो स्कोरमा बदल्न तथा ठुलो साझेदारी गर्न सकेनन्। ओपनर रित गौतम १४, आसिफ शेख २५, अरुन ऐरि २४, सन्दिप जोरा ,१८  भिम शार्की १६, लोकेश बम २५, पवन सर्राफ २३ रन बनाएर आउट भए।

अफगानिस्तान बलर रियाज हसनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ९ ओभरमा ४२ रन खर्चिए।

अफगानिस्तानको ब्याटिंग     

टस जितेर ब्याटिंग गरेको अफगानिस्थानले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन जोडेको हो। अफगानिस्तानको स्कोरलाई ठूलो योगफलसम्म पुर्याउन उसका रियाज हसनले शतकीय पारि खेले।

ओपनिंग गर्न उत्रिएका रियाजले पुरै ५० ओभर ब्याटिंग गर्दै ११७ रनको अविजित पारि खेले। त्यसक्रममा उनले १४९ बलमा १२ चौका र २ छक्का समेत प्रहार गरे। पहिलो विकेटका लागि रियाजले सेदीकुल्लाह अटलसंग ४० रनको साझेदारी गर्दै अफगानिस्तानलाई राम्रो सुरुवात दिएका थिए।

त्यसपश्चात भने लगातार अन्तरालमा अफगानिस्तानले विकेट गुमाएपनि एक किनार सम्हालेका रियाजले शतक बनाउंदै टोलीको स्कोरलाई २४४ रनसम्म पुर्याए। अफगानिस्तानको ब्याटिंगमा बसिर खान सिरले ३२ तथा अरिफ खान दौलतजाईले २४ रनको व्यक्तिगत योगदान गरे।

नेपालको बलिंग तर्फ पवन सर्राफ, सागर ढकाल र संसाद आलमले समान २-२ विकेट हात पारे। आफ्नो १० ओभरको स्पेलमा सागरले उत्कृस्ट बलिंग गर्दै मात्र २८ रन खर्चिएका थिए। यसअघि सम्पन्न अघिल्लो खेलमा समेत सागरले अफगानिस्तान यु-१९ बिरुद्ध ४ विकेट चट्काएका थिए।

भारतमा सिरिज पछि नेपालले सेप्टेम्बर २९ देखि बंगलादेशमा आयोजना हुने यु-१९ युथ एसिया कपमा सहभागिता जनाउनेछ। एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले आयोजना गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र तथा यु-१९ बिश्व कप बिजेता भारतको सामना गर्नेछ।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]