अफगानिस्तानद्वारा अस्ट्रेलियालाई २०८ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत चौथो खेलमा अफगानिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्।

काउन्ट्रि मैदान, ब्रीस्टोलमा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको छ र अस्ट्रेलियालाई जित्न २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कमजोर सुरुवात गरेको अफगानिस्तानका ओपनर मोहम्मद शहजाद र हज्रतुल्लाह जजई दुवै खाता नखोली आउट भएका थिए।

५/२ को अवस्थाबाट रहमत शाह र हश्मतुल्लाह शाहिदीले अर्धशतकीय साझेदारी गरे। शाहिदी १८ रन तथा रहमत ४३ रन बनाएर आउट भए। लगत्तै मोहम्मद नबि पनि ७ रन बनाएर आउट हुँदा अफगानिस्तान ७५/४ ( १९.२ ओभर ) को नाजुक अवस्थामा पुग्यो।

कम योगफलमै समेटिने खतरा बढेको बेला कप्तान गुल्बदीन नैब र नाजिबुल्लाह जद्रानले ८३ रनको साझेदारी गर्दै योगफल १५० पार गराए। नैबले ३१ रन बनाए भने जद्रानले ५१ रन बनाउडा ४९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

राशिद खानले आक्रामक ब्याटिंग गर्दै ११ बलमा २ चौका र ३ छक्का मदतले २७ रन बनाउदा योगफल २०० पार भयो।

३८.२ ओभरमा २०७ रनमा अफगानिस्तान समेटिन पुग्यो।

अस्ट्रेलियाको लागि प्याट कमिन्स ( ८.२-०-४०-३ ) र एडम जाम्पा ( ८-०-६०-३ ) ले ३/३ विकेट तथा मार्कस स्टोइनिस ( ७-१-३७-२ ) ले २ तथा मिचेल स्टार्क ( ७-१-३१-१ ) ले १ विकेट लिए।

आज सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटको विशाल अन्तरले पराजित गरिसकेको छ ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]