अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपमा समूह एकको अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित निकालेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई पहिलो पटक पराजित गरेको हो ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भेल क्रिकेट स्टेडियममा अफगानिस्तानले २१ रनको जित हात पारेको हो ।

अफगानिस्तानले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ दशमलब २ ओभरमा अल आउट हुदै १ सय २७ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान मिचेल मार्शले १२ तथा मार्कश स्टोईनेसले ११ रन बनाए ।

अफगानिस्तानका लागि गुलबदीन नईबले चार तथा नभिन उल हकले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ओपनरद्वय रहमनुउल्लाह गुर्वाज र इब्राहिम जार्दानले अर्धशतकीय ईनिङ खेले । गुर्वाजले ४९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६० तथा जार्दानले ४८ बलमा ५१ रन बनाए । पहिलो विकेटका लागि गुर्वाज र जार्दानले १ सय १८ रनको साझेदारी गरेका थिए ।

करिम जन्नतले ९ बलमा १३ रन बनाए ।

अस्ट्रेलियाका लागि प्याट कमिसंले लगातार दोस्रो खेलमा ह्याट्रिक सहित तीन तथा एडम जाम्पाले दुई विकेट लिए । मार्कस स्टोईनेसले एक विकेट लिए ।

जितसँगै अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । पराजित अस्ट्रेलियाको पनि सेमिफाइनल सम्भावना कायमै छ ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]