राशिद खानको आक्रामक अर्धशतकमा अफगानिस्तानले बनायो २५५

  • विकेटनेपाल, असोज ४ 

युनाइटेड अरब इमिरेट्समा जारि १४ औं एसिया कप क्रिकेट अन्तर्गत अफगानिस्तान र बंगलादेश बीच समुह चरणको अन्तिम खेल भइरहेको छ।

यस अघिनै समुह ‘बि’ बाट बंगलादेश र अफगानिस्तान सुपर-४ चरणमा प्रवेश गरिसकेको भए पनि खेलले समुह बिजेता को हुने तय गर्नेछ। समुह ‘ए’ बाट भारत र पाकिस्तान सुपर-४ प्रवेश  गरेका छन्।

अफगानिस्तानले टस जितेर ब्याटिंग गर्दै बंगलादेशलाई २५६ रनको लक्ष्य दिएको छ। पुरै ५० ओभर ब्याटिंग गर्दै अफगानिस्तानले ७ विकेट गुमाएर उक्त योगफल तयार गरेको हो।

खराब सुरुवात 

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानको सुरुवात राम्रो हुन सकेन। ओपनर इह्सानउल्लाह ८ तथा रहमत शाह १०  रन बनाएर आउट हुँदा छैठौं ओभरमा २८/२ को अवस्थामा पुगेको अफगानिस्तानलाई त्यसपछि ओपनर मोहम्मद शहजाद र हस्मतुल्लाह शहिदिले अर्धशतकीय साझेदारी गर्दै अघि बढाए।

तेश्रो विकेटको साझेदारी ५१ रन पुग्दा शहजाद ३७ रन बनाएर आउट भए। अर्धशतक पुरा गर्दै ५८ रन बनाएर शहिदि पनि आउट भए जसले ९२ बलमा ३ चौका प्रहार गरे। कप्तान समिउल्लह ८ तथा समिउल्लाह शेनवारि १८ रन तथा मोहम्मद नाबी १० रन बनाएर आउट हुँदा २०० भन्दा कम रनमा सम्भावना देखियो।

जन्मदिनमा राशिद खानको आक्रामक ब्याटिंग 

१६०/७ को योगफलमा पुगेको अफगानिस्तानलाई आठौँ विकेटको लागि गुल्बदीन नैब र राशिद खानले अविजित ९५ रनको साझेदारी गर्दै योगफल २५५ रन पुर्याए। ९.१ ओभर ब्याटिंग गर्ने क्रममा गुल्बदीन र राशिदले १०.४ प्रतिओभर रन बटुल्दै अफगानिस्तानको स्कोर २५० पार गराए।

बर्थ-डे ब्वाई समेत रहेका राशिदले अविजित ५७ रन तथा नैबले अविजित ४२ रन बनाए। रासिदले मात्र ३२ बलमा १ छक्का र ८ चौका तथा नैबले ३८ बलमा ५ चौका प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै राशिदले एकदिवसीय अन्तरास्ट्रिय  क्रिकेटमा तेश्रो अर्धशतक पुरा गरेका थिए।

अफगानिस्तान बलर शाकिब अल हसनले सर्वाधिक ४ विकेट तथा डेब्यु गरिरहेका बलर अबु हैदरले २ विकेट हात पारे। हसनले १० ओभरमा ४२ रन तथा हैदरले ९ ओभरमा ५० रन खर्चिए।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]