T20WC : दबाबमा जद्रानको उत्कृस्ट पारि, अफगानिस्तानद्वारा न्युजिल्यान्डलाई सामान्य लक्ष्य

टि-ट्वान्टी विश्वकपको सेमीफाइनल पुग्न जित्ने पर्ने खेलमा न्युजिल्यान्डले अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य पछ्याउनु पर्ने भएको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १२४ रन बनायो। अफगानिस्तानको लागि नजिबुल्लाह जद्रानले सर्वाधिक ७३ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। जद्रानको स्कोर टि-२० विश्वकपमा अफगानिस्तान ब्याट्सम्यानको सर्वाधिक स्कोर हो।  गुल्बदिन नैबले १५ तथा कप्तान मोहम्मद नाबीले १४ रन बनाए।

खराब सुरुवात गरेको अफगानिस्तानले सुरुवाती ३ विकेट १९ रनमै गुमायो फलस्वरुप पावरप्लेको ६ ओभरमा ३ विकेट गुमाएर २३ रन मात्र बनायो। पाँचौ नम्बरमा ब्याटिंग गरेका जद्रानले चौंथो विकेटको लागि गुल्बदिन नैबसंग ३७ रन जोडे। दशौँ ओभरमा नैबलाई इश सोढीले बोल्ड गरे। ५६/४ को अवस्थाबाट जद्रानले कप्तान नाबीसंग ५९ रनको साझेदारी गरे। अठारौं ओभरमा नाबीलाई टिम साउदीले तथा उन्नाईसौ ओभरमा जद्रानलाई ट्रेन्ट बोल्टले क्याच आउट पारे। अन्तिम २ ओभरमा अफगानिस्तानले ३ विकेट गुमाएर ९ रन मात्र बनाउन सक्यो।

न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्टले ३ विकेट ( ४-०-१७-३ ) तथा टिम साउदीले २ विकेट ( ४-०-२४-२ ) लिए। जेम्स निशम ( ४-०-२४-१ ), एडम मिल्ने ( ४-०-१७-१ ) र इश सोढीले ( २-०-१३-१ ) समान एक विकेट लिए।

खेलमा न्युजिल्यान्ड विजयी भएमा पाकिस्तान पछि समुह ‘२’ बाट सेमीफाइनल पुग्ने दोश्रो टिम हुनेछ। अफगानिस्तान विजयी भएको खण्डमा न्युजिल्यान्ड बाहिर हुनेछ। अफगानिस्तान विजयी भएको खण्डमा भने भारत र नामिबिया बीच सोमबार ( नोभेम्बर ८ ) तारिखमा हुने खेलले अफगानिस्तानको भाग्य निर्धारण गर्नेछ। अफगानिस्तानले न्युजिल्यान्डलाई तथा भारतले नामिबियालाई पराजित गरे अफगानिस्तान र भारतको समान ६ अंक हुनेछ जसपछि नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। समुह ‘१’ बाट इंग्ल्यान्ड र अस्ट्रेलिया सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]