न्युजिल्यान्डमाथि अफगानिस्तानको शानदार जित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको चौथौं खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई शानदार रुपमा पराजित गरेको छ ।

वेस्ट इन्डिजको गुयनामा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा अफगानिस्तानले ८४ रनको फराकिलो जित निकाल्यो ।

अफगानिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५ दशमलब २ ओभरमा ७५ रन बनाउँदै अल आउट भयो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले १८ तथा म्याट हेनरीले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

अफगानिस्तानका लागि फैजलहक फारुकीले चार तथा राशिद खानले तीन विकेट लिए । मोहम्मद नावीले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्वाजले ५६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर इब्राहिम जाद्रानले ४१ बलमा ४४ तथा अजमतुल्लाह उमजाईले १३ बलमा २२ रन बनाए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान दुई दुई तथा लकि फर्गुसनले एक विकेट लिए ।

लगातार दुई खेलमा विजयी अफगानिस्तान दुई खेलमा चार अंकका साथ समूह सी को शीर्ष स्थानमा कायमै छ ।

 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]