शाहिनले उत्कृस्ट बलिंग गर्दा अफगानिस्तान २२७ मै सिमित

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत ३६ औं खेलमा पाकिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाउने दौडमा रहेको पाकिस्तानलाई आज जित महत्वपूर्ण रहेको छ। पाकिस्तानले आजको खेल र बंगलादेशसंगको २ खेलमा जित हात पार्ने हो र इंग्ल्याण्डले आफ्नो २ मध्ये १ खेलमा हार बेहोर्ने हो भने पाकिस्तान सेमीफाइनलमा पुग्नेछ। आज हारेमा पाकिस्तानको सेमीफाइनल यात्रा मुस्किल हुनेछ।

हेडिंगलेमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २२७ रनको योगफल तयार गरेको छ।

अफगानिस्तानको लागि नजिबुल्लाह जद्रान र अस्घर अफ्गानले समान ४२ रनको योगदान दिए। ओपनर रहमत शाहले ३५ तथा इक्रम अलि खिलले २४ रन बनाए।

चौथो विकेटको लागि अस्घर र इक्रम अलिले ६४ रनको तथा छैठौं विकेटको लागि मोहम्मद नबि र नाजिबुलाह जद्रानले ४२ रनको साझेदारी गरेका थिए।

पाकिस्तानको बलिंगमा पेसर शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट ( १०-०-४७-४ ) लिए भने इमाद वासिम ( १०-०-४८-२ )  र वहाव रियाज ( ८-०-२९-२ ) ले २/२ विकेट लिए। शदाब खानले १ विकेट ( १०-०-४४-१) लिए।

यदि आजको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरे इंग्ल्याण्डलाई पाचौं स्थानमा धकेल्दै चौथो स्थानमा पुग्नेछ।

पाकिस्तानले अफगानिस्तान र बंगलादेश दुवैलाई पराजित गरेको खण्डमा र इंग्ल्याण्ड भारत र न्युजिल्याण्डसंग बाँकी २ खेल मध्ये १ खेलमा पराजित भए सेमीफाइनलमा स्थान पक्का गर्नेछ।

पाकिस्तानले बाँकी २ मध्ये १ खेल हारेको खण्डमा इंग्ल्याण्डले दुवै खेल हार्नपर्नेछ साथै बंगलादेश र श्रीलंकाले कम्तिमा १/१ खेल हार्नुपर्नेछ।

प्रतियोगितामा अफगानिस्तानको नतिजा – 

बिरुद्ध बंगलादेश – ६२ रनले पराजित
बिरुद्ध भारत – ११ रनले पराजित
बिरुद्ध इंग्ल्याण्ड – १५० रनले पराजित
बिरुद्ध दक्षिण अफ्रीका – ९ विकेटले पराजित
बिरुद्ध न्युजिल्याण्ड – ७ विकेटले पराजित
बिरुद्ध श्रीलंका – ३४ रनले पराजित
बिरुद्ध अस्ट्रेलिया – ७ विकेटले पराजित

प्रतियोगितामा पाकिस्तानको नतिजा – 

बिरुद्ध न्युजिल्याण्ड – ६ विकेटले विजयी
बिरुद्ध दक्षिण अफ्रीका – ४९ रनले विजयी
बिरुद्ध भारत – ८९ रनले पराजित
बिरुद्ध अस्ट्रेलिया – ४१ रनले पराजित
बिरुद्ध श्रीलंका – नतिजाविहिन
बिरुद्ध इंग्ल्याण्ड – १४ रनले विजयी
बिरुद्ध वेस्टइन्डिज – ७ विकेटले पराजित





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]