पहिलो पटक अफगानिस्तान र पाकिस्तान बीच द्विपक्षीय सिरिज खेलिने

आयोजक अफगानिस्तान र पाकिस्तान बीच तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सेप्टेम्बरमा खेलिने भएको छ। क्रिक्बजका अनुसार दुवै देशको क्रिकेट बोर्ड युएईमा सिरिज खेल्न तयार भएको छ र खेल मैदान बारे मात्र अन्तिम निर्णय हुन बाँकी रहेको छ।

अफगानिस्तान र पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेट परिषद र एसियन क्रिकेट काउन्सिलको बिभिन्न प्रतियोगिताहरुमा भेट भएता पनि दुई देश बीच द्विपक्षीय सिरिज भने सिनियर स्तरमा आयोजना भएको छैन।

“सिरिज युएईमा खेलिनेछ तर हामिले खेल मैदान बारे भने अन्तिम निर्णय गरेका छैनौ। हामि शारजाह, अबुधाबी या दुबईमा आयोजना गर्ने बारे छलफल गरिरहेका छौँ।” अफगानिस्तान क्रिकेट बोर्डका एक अधिकारीले बताए।

अफगानिस्तानले सिरिज आयोजना गर्न युएईसंग छलफल अघि बढाइसकेको छ। अफगानिस्तानले आयरल्याण्डसंग यो वर्ष सिरिज खेल्न निमन्त्रणा गर्दा भिसा समस्याको कारण अफगानिस्तानले कठिनाइ भोग्नु परेको थियो। त्यस्तो समस्या पुनः दोहोरिन नदिन अफगानिस्तानले काम गरिरहेको र छिट्टै समस्या समाधान हुने उक्त अधिकारीले जानकारी गराए।

यसै बीच अफगानिस्तान क्रिकेट बोर्ड पाकिस्तानसंगको सिरिज पछि अस्ट्रेलिया र वेस्टइन्डिजसंग त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको पनि तयारी गरिरहेको छ।

अफगानिस्तान र पाकिस्तान बीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो भेट एकदिवसीय विश्वकप २०१९ मा भएको थियो जुन खेलमा पाकिस्तान ३ विकेटले विजयी भएको थियो।

अफगानिस्तान  आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा दशौँ स्थानमा तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा सातौं स्थानमा रहेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/naseem-shah-psl-niskasit-wn21/

https://wicketnepal.com/mehboob-alamle-wisha-chakit-banayeko-din/

https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy