अफगानिस्तानको लज्जास्पद ब्याटिंग

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत २१ औं खेलमा दक्षिण अफ्रीकासंग अफगानिस्तान १२५ रनमै समेटिन पुगेको छ।

कार्डिफमा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ३४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्दा दक्षिण अफ्रिकी लेग स्पिनर ताहिरले सर्वाधिक ४ विकेट लिए।

५६/२ ( १५.२ ओभर ) को अवस्थामा रहेको अफगानिस्तानले त्यसपछि लगातार विकेट गुमाउन पुग्यो। ओपनर हज्रतुल्लाह जजईले २२ तथा नुर अलि जद्रानले ३२ रन बनाएपछि अफगानिस्तान मध्यक्रमले कमजोर प्रदर्शन गर्यो।

५६/२ बाट अफगानिस्तानले २१ रन जोड्दा थप ४ विकेट गुमाउन पुग्यो र ७७/७ ( २५.२ ओभर ) को अवस्थामा पुग्यो।

राशिद खानले आक्रामक ब्याटिंग गर्दै २५ बलमा ६ चौका मदतले ३५ रन बनाउदा अफगानिस्तानले १०० रन पार गर्न सक्यो। रशिदलाई ताहिरले आउट गरे।

दक्षिण अफ्रिकी लेग स्पिनर ताहिरले ४ विकेट लिन ७ ओभरमा २९ रन खर्चिए। यस्तै क्रिस मोरिसले ३ ( ६.१-२-१३-३ ) , एन्डीले फेलुक्वायोले २ ( ८-१-१८-२ ) तथा कागीसो रबाडाले ( ८-१-३६-१ ) ले १ विकेट लिए।

प्रतियोगितामा दक्षिण अफ्रीका र अफगानिस्तानले हालसम्म जित दर्ता गर्न सकेका छैनन्। दक्षिण अफ्रीकाले ४ खेलमा ३ हार बेहोर्द १ खेल नतिजाविहिन रहेको थियो भने अफगानिस्तानले खेलेको ३ वटै खेलमा हार बेहोरीसकेको छ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]