अफगानिस्तान पहिले ब्याटिङ गर्दै

२०८१ जेष्ठ २२, मंगलवार ०५:५५

काठमाडौं । अमेरिका र वेस्ट ईन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा युगान्डाविरुद्धको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।

युगान्डाका कप्तान ब्रेन मसाबाले टस जितेर बलिङ रोजे पछि अफगानिस्तान पहिले ब्याटिङ गर्दैछ ।

अफगानिस्तानको टी-२० विश्वकपमा यो लगातार सातौं सहभागीता हो । सन् २००७ मा भएको पहिलो तथा २००९ मा आयोजना भएको दोस्रो संस्करण बाहेक अफगानिस्तानले हरेक संस्करणमा सहभागीता जनाएको छ । यस पटक वरियतामा अघि रहेरका कारण अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।

युगान्डाले भने पहिलो पटक विश्वकपमा सहभागीता जनाउँदै छ । युगान्डा अफ्रिका महादेश छनोटबाट छानिएर विश्वकपमा आएको हो ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy