वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले ५३ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ९८ रनको अर्धशतकीय ईनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए । दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ३८ बलमा ८० रनको साझेदारी गरे ।

कप्तान रोभमन पावलले १५ बलमा २६ रन बनाए । चौथो विकेटका लागि कप्तान पावेल र पुरनले ३८ बलमा ६४ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि गुलवदीन नाइवले दुई तथा नभिन उल हक र अजमतुल्लाह उमरजाईले समान एक एक विकेट लिए ।

नवाैं संस्करणकै एक टिमले बनाएको याे सबैभन्दा उच्च योगफल हो । यस अघि अस्ट्रेलिया र श्रीलंकाले समान २ सय १ रन बनाएका थिए । वेस्ट इन्डिजले टी-२० विश्वकपमा बनाएको पनि उच्च योगफल हो । यसअघि सन् २००७ को पहिलो संस्करणको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध २ सय ५ रन बनाएको थियो ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]