अफगानिस्तानको जितमा राशिद र गुर्बज उत्कृस्ट

२०७७ चैत्र ४, बुधबार २१:०९

पहिलो टि-२० मा जिम्बाब्वेलाई ४८ रनले पराजित गर्दै अफगानिस्तानले जिम्बाब्वेसंगको तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा अफगानिस्तानले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वे ओपनर तिनाशे कामुनहुकाम्वेले सर्वाधिक ४४ रन बनाए। यस्तै कप्तान सिङ विलियम्स र सिकन्दर राजाले समान २२ रन बनाए।

कामुनहुकाम्वेले पहिलो विकेटको लागि तरीसाई मुसाकाण्डसंग ३८ रनको, सिङ विलियम्ससंग ४५ रनको तथा सिकन्दर राजासंग २३ रनको साझेदारी गरे। १४ औं ओभरमा कामुनहुकाम्वेलाई राशिद खानले बोल्ड गरेपछि जिम्बाब्वेले लगातार विकेट गुमाउन पुगेको थियो। १०६/३ को अवस्थाबाट जिम्बाब्वेले थप ४४ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

अफगानिस्तानको बलिंगमा राशिद खानले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। करिम जनत ( ४-०-१४-२ ) र फरिद मलिक ( ४-०-३१-२ ) ले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट क्षेतीमा १९८ रन बनाएको थियो।

अफगानिस्तानको लागि ओपनर रहमनुल्लाह गुर्बजले सर्वाधिक ८७ रन बनाए जुन क्रममा दायाँ हाते ब्याट्सम्यानले ४५ बलमा ६ चौका र ७ छक्का प्रहार गरे। यस्तै कप्तान अस्घर अफ्घानले ३८ बलमा ६ चौका र २ छक्का मद्दतले ५५ रन तथा करिम जनतले २६ रन बनाए।

प्लेयर अफ द म्याच गुर्बजले जनतसंग ८० रनको ओपनिंग साझेदारी गरेका थिए भने दोश्रो विकेटको लागि अफ्घानसंग ७२ रनको साझेदारी गरेका थिए।

जिम्बाब्वेको बलिंगमा रिचर्ड नगराभा ( ४-०-४३-२ ) र ब्लेसिंग मुजाराबानी ( ४-०-३८-२ ) ले समान २ विकेट तथा रायन बर्लले १ विकेट ( ३-०-२४-१ ) लिए।

सिरिज अन्तर्गत दोश्रो खेल मार्च १९ तारिख शुक्रबार तथा तेश्रो खेल मार्च २० तारिख शनिवार खेलिनेछ। यस अघि सम्पन्न टेस्ट सिरिज १-१ को बराबरीमा टुंगिएको थियो।

धेरैले पढेको 

https://wicketnepal.com/spl-3-auction-news-wn21/

https://wicketnepal.com/icc-dwara-2-uae-cric-8-barshe/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy