एसिया कप : श्रीलंका बिरुद्ध अफगानिस्तानको एकतर्फी जित

श्रीलंकालाई एकतर्फी खेलमा ८ विकेटले पराजित गर्दै अफगानिस्तानले एसिया कप २०२२ मा विजयी सुरुवात गरेको छ।

हेर्नुस स्कोरकार्ड 

युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले मात्र २ विकेट गुमाएर भेटायो। ओपनर रहमुनुल्लाह गुर्बजले मात्र १८ बलमा ४० रन तथा हज्रतुल्लाह जजाईले २८ बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ३७ रन बनाए। गुर्बज र जजाईले ८३ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। इब्राहिम जद्रानले १५ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले १९.४ ओभरमा १०५ रन मात्र बनायो। उसको लागि भानुका राजापाक्षेलेसर्वाधिक ३८ तथा चमिका करुनारत्नेले ३१ रन बनाए। सुरुवाती ३ विकेट ५ रन बनाउदा गुमाएपछि अफगानिस्तानले पुरै इनिंग्समा श्रीलंकालाई दबाबमा राख्यो।

अफगानिस्तानको बलिंगमा फास्ट बलर फजालाक फारुखीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चिए। मुजिब उर् रहमान र कप्तान मोहम्मद नाबीले २/२ विकेट लिए भने नभिन उल हकले १ विकेट लिए।

हेर्नुस स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत भारत र पाकिस्तान आइतबार प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र हंगकंग गरि ६ टिम सहभागी छन्। समुह ‘ए’ मा भारत, पाकिस्तान र हंगकंग छन् भने समुह ‘बि’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। सबै टिमले समुह चरणमा एक अर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहको उत्कृस्ट २/२ टिम सुपर-४ चरण प्रवेश गर्नेछन्।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]