एसिया कप : श्रीलंका बिरुद्ध अफगानिस्तानको एकतर्फी जित

२०७९ भाद्र ११, शनिबार २२:३९

श्रीलंकालाई एकतर्फी खेलमा ८ विकेटले पराजित गर्दै अफगानिस्तानले एसिया कप २०२२ मा विजयी सुरुवात गरेको छ।

हेर्नुस स्कोरकार्ड 

युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले मात्र २ विकेट गुमाएर भेटायो। ओपनर रहमुनुल्लाह गुर्बजले मात्र १८ बलमा ४० रन तथा हज्रतुल्लाह जजाईले २८ बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ३७ रन बनाए। गुर्बज र जजाईले ८३ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। इब्राहिम जद्रानले १५ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले १९.४ ओभरमा १०५ रन मात्र बनायो। उसको लागि भानुका राजापाक्षेलेसर्वाधिक ३८ तथा चमिका करुनारत्नेले ३१ रन बनाए। सुरुवाती ३ विकेट ५ रन बनाउदा गुमाएपछि अफगानिस्तानले पुरै इनिंग्समा श्रीलंकालाई दबाबमा राख्यो।

अफगानिस्तानको बलिंगमा फास्ट बलर फजालाक फारुखीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चिए। मुजिब उर् रहमान र कप्तान मोहम्मद नाबीले २/२ विकेट लिए भने नभिन उल हकले १ विकेट लिए।

हेर्नुस स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत भारत र पाकिस्तान आइतबार प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र हंगकंग गरि ६ टिम सहभागी छन्। समुह ‘ए’ मा भारत, पाकिस्तान र हंगकंग छन् भने समुह ‘बि’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। सबै टिमले समुह चरणमा एक अर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहको उत्कृस्ट २/२ टिम सुपर-४ चरण प्रवेश गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy