अफगानिस्तानले आफ्नो पहिलो टेस्ट भारतसंग खेल्ने

  • विकेटनेपाल- ४ माघ, बुधबार

अफगानिस्तानले आफ्नो पहिलो टेस्ट म्याच भारत विरुद्ध खेल्ने पक्का भएको छ। पहिलो टेस्ट म्याचको स्वाद अफगानिस्तानले भारत विरुद्ध भारतिय भुमिमानै लिन पाउने भएको छ।

मंगलबार दुबै देशका अधिकारिहरुले भारत र अफगानिस्तान बिचको टेस्टको मिति र स्थानका बिषयमा सहमती गरेका छन्। जस अनुसार अफगानिस्तानले यही बर्षको जुन् १४ देखि १८ तारीखसम्म बैङ्लोरको एम चिन्नस्वामी मैदानमा भारत विरुद्ध पहिलो टेस्ट खेल्ने छ।

टेस्ट मान्यता प्राप्त देशको सुचिमा अफगानिस्तान नव प्रवेशी मुलुक हो। गत् बर्षको जुन महिनामा बसेको आईसीसीको एजिएम बैठकले अफगानिस्तान र आएरल्याण्डलाई टेस्ट मान्यता प्रधान गरेको थियो। टेस्ट मान्यता पाउने एघारौं र बाह्रौं मुलुकका रुपमा अफगानिस्तान र आएरल्याण्ड टेस्ट क्रिकेटमा भित्रीएका हुन्।

यो पनि१७ फोटोमा हेर्नुस डिभिजन-२ को लागि नेपालको तयारी

अफगानिस्तानले भारत विरुद्ध आफ्नो पाहिलो टेस्ट खेल्ने तयारी गर्दै गर्दा अफगानिस्तानसंगै टेस्ट मान्यता पाएको आएरल्याण्ड भने पाकिस्तानसंग आफ्नै जमिनमा टेस्ट खेल्ने तयारी गर्दै छ। आएरल्याण्ड र पाकिस्तान विरुद्धको टेस्ट भने आगामी मे महिनामा हुनेछ। यस्तै आएरल्याण्डले भारत विरुद्ध पनि डब्लिनमा दुई टि-२० खेल खेल्ने तालिका रहेको छ। सन् २००७ पछि भारतीय टिम पहिलो पटक आयरल्याण्ड जानेछ ।

अफगानिस्तान क्रिकेटको इतिहास :

अफगानिस्तानले बिगत केही बर्ष यता विश्व क्रिकेटमा लामो छलाङ मार्दै आएको छ। सन् २०११ मा एक दिवसीय मान्यता पाए यता अफगान क्रिकेटले पछाडि फर्केर हेर्नूपरेको छैन।

रासिद खान बिग ब्यास लिगमा उत्कृस्ट प्रदर्शन गरिरहेका छन्

सन् २०११ को एक दिवसीय बिश्वकपमा स्थान बनाउन असमर्थ रहेपनी अफगानिस्तानले सन् २०१५ को एक दिवसीय विश्वकपमा भने सहभागिता जनाएको थियो। गत बर्षको जुन महिनामा आईसीसीको पुर्ण सदस्यता पाउनु अघि अफगानिस्तान सबैभन्दा बलियो एसोसिएट टोलिका रुपमा गनिन्थ्यो।

सन् २०१६ मा भारतमा भएको टि-२० विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेको अफ्गान टोलिले सोही प्रतियोगितामा इङ्ल्याण्ड विरुद्ध उच्च स्तरको खेल देखाउन सफल भयो। विश्व बिजेता वेस्ट इन्डिजलाई टि-२० विश्वकपमा हराउनु अफगानिस्तानको लागि त्यति सानो उपलब्धी थिएन। सो विश्वकप यता अफगानिस्तानका खेलाडीहरु राशिद खान र मोहम्मेद नवि बिश्वका विभिन्न टि-२० लिग आईपिएल, बिग ब्यास, सिपिएल आदिमा सहभागी हुदै आएका छन्।

सम्बन्धित :- 





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]