न्युजिल्याण्डलाई बिशाल अन्तरले पराजित गर्दै अफगानिस्तान सेमीफाइनलमा : यु-१९ बिश्वकप

  • विकेटनेपाल, माघ ११ – बिहिबार

न्युजिल्याण्डमा जारि यु-१९ विश्वकप अन्तर्गत अफगानिस्तानले  आयोजक न्युजिल्याण्डलाई २०२ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ। अफगानिस्तान समूह ‘डी’ को उपविजेता तथा न्युजिल्याण्ड समूह ‘ए’ को बिजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेका थिए। सेमीफाइनलमा अफगानिस्तानले २९ तारिखमा अस्ट्रेलियाको सामना गर्नेछ।

अफगानिस्तानको गजब बलिंग

क्राइस्टचर्चमा भएको खेलमा अफगानिस्तानले दिएको ३१० रनको लक्ष्य पछ्याएको घरेलु टोलि २८.१ ओभरमा १०७ रनमै समेटियो ।

न्युजिल्याण्डले खराब सुरुवात गर्दै मात्र २० रनको योगफलमा ४ विकेट गुमाईसकेको थियो। उसका जकोब भुला ५, फिन अल्लेन १३, कप्तान कय्लुम बोषिएर शुन्य रनमा आउट हुदा रचिन रबिन्द्र शुन्यमै आउट भए ।

चौथो विकेटको लागि कटेने क्लार्क (३८ रन) र डेल फिल्लिप्स (३१ रन) ले ६६ रनको साझेदारी गरेका थिए तर थप २१ रन जोड्दा ६ विकेट गुमाएपछी न्युजिल्याण्ड भारी अन्तरले पराजित भएको हो।

अफगानिस्तान बलर मुजीब ज़द्रानले ४ विकेट लिन ८.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चिए भने कासिस अहमदले पनि ४ विकेट लिन ९ ओभरमा ३३ रन खर्चिए।

अफगानिस्तानको बिशाल स्कोर

टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले उत्कृस्ट ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रनको बिशाल योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि ओपनरद्वय रह्मनुल्लाह गुर्बाज़ तथा इब्राहिम ज़द्रानले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै उत्कृस्ट सुरुवात गरेका थिए। रह्मनुल्लाह गुर्बाज़ले ६९ रन (६७ बल, ७ चौका, ३ छक्का) तथा इब्राहिम ज़द्रानले ६८ रन (९८ बल, ५ चौका, १ छक्का) प्रहार गरेका थिए।

त्यस्तै बहीर शाहले अविजित ६७ रनको पारि खेल्नेक्रममा ७२ बलमा ४ चौका प्रहार गरे।

अज्मतुल्लाह ओमार्जाई

आयरल्याण्डसँगको खेलमा आराम दिईएका अज्मतुल्लाह ओमार्जाईले विस्फोटक पारि खेल्नेक्रममा ६६ रन बनाउन मात्र २३ बलको सामना गर्दै ३ चौका र ७ छक्का प्रहार गरे । उनले मात्र १८ बलमा अर्धशतक प्रहार गरेका थिए।

न्युजिल्याण्डका सन्दीप पाटिलले २ विकेट हात पार्नेक्रममा ३ ओभरमा मात्र १३ रन खर्चेपनि अन्य बलर महंगा साबित हुन पुगे ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]