नाबी र रासिदको प्रदर्शनले अफगानिस्तानसंग जिम्बाबे पराजित

  • विकेटनेपाल, माघ २३  – मंगलबार

सोमबार युएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अफगानिस्तान र जिम्बावे बीचको पहिलो टि-२० मा अफगानिस्तानले जित हात परेको छ। यो जिम्बावेको टि-२० अन्तर्राष्ट्रियमा अफगानिस्तान बिरुद्ध लगातार छैठौं हार पनि हो।

दुई देश बीच दोश्रो टि-२० मंगलबार नेपाली समय अनुसार साँझ ८:४५ बाट हुनेछ, जसपछि ५ खेलको एकदिवसीय सिरिज पनि खेलिनेछ।

टस हारेर पहिलो ब्याटिङ गरेको जिम्बावेले ठोस सुरुवातका बाबजुद निर्धारित २० ओभरमा १२० मात्र बनाएको थियो। राम्रो सुरुवात दिलाउने क्रममा टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सोलोमन मिरेले २१ बलमा ३४ रनको (५ चौका,२ छक्का) आक्रामक पारी खेले। त्यसैगरी अर्का ओपनर ह्यामिल्टन मसाकद्ज़ाले १८ तथा माल्कोम वालरले २७ रनको योगदान गरे भने अन्य ब्याटम्यानहरु चल्न सकेनन्।

बलिंगतर्फ अफगानिस्तानका राशिद खानले ३ विकेट लिन १९ रन खर्चिदा शराफुद्दीन अशरफले २ विकेट लिएका थिए । यस्तै पहिलोपल्ट रास्ट्रीय टिममा परेका मुजीब जद्रानले ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। उनि राशिद खानलाई पछी पार्दै सबैभदा सानो उमेरमा डेब्यु गर्ने अफगानिस्तानका खेलाडी बनेका छन्।

मुजीब जद्रान डेब्यु क्याप लिंदै

जितका लागि पाएको १२९ रनको सामान्य लक्ष्य अफगानिस्तानले १४.४ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो।

जितमा मोहम्मद नाबीले सर्वाधिक ४० रनको योगदान गरे। उनले २७ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यसै गरी प्रतिबन्ध पछि पुन टिममा फर्केका विकेटकीपर ब्याटम्यान मोहम्मद शाहजादले २० र शराफुद्दीन अशरफले १८ रन बनाए ।

बलिङमा जिम्बावेका ब्लेसिंग मुज़राबानीले आफ्नो ४ ओवरको स्पेलमा ३६ रन खर्चेर ३ विकेट लिए भने कायेल जर्विस, तेन्दाई चतरा र रायन बर्लले समान १/१ विकेट लिए। खेलमा महत्पूर्ण ४० रन र १ विकेट लिएका मोहम्मद नाबी म्यान अफ द म्याच घोषित भए।

टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने कान्छो खेलाडी 

वकास खान (हंगकंग)  –  १५ वर्ष ,२५९ दिन

जोशअ लिट्टल(आयरल्याण्ड) – १६ वर्ष ,३०९ दिन

मुजीब उर् रहमान (अफगानिस्तान) – १६ वर्ष, ३१४ दिन

राशिद खान (अफगानिस्तान) – १७ वर्ष , ३६ दिन

मोहम्मद अमिर (पाकिस्तान) – १७ वर्ष ,५५ दिन

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy