पारसको विकेट पछि अफगानिस्तान खेलमा फर्कियो

टस जितेर ब्याटिंग गरेको नेपालले पारस खड्काको अर्धशतक मदतले राम्रो सुरुवात गरे पनि पारसको विकेट पछि लगातार विकेट गुमाउदा नेपाल पुनः दबाबमा परेको छ।

७५ रन बनाएर पारस मोहम्मद नाबीको बलमा क्याच आउट हुन पुगेपछि अहिले क्रिजमा दिपेन्द्र ऐरी र आरिफ शेख ब्याटिंग गरिरहेका छन्। पारसले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरेका थिए।

पहिलो विकेटको रुपमा अनिल साह मात्र ७ रन बनाएर आउट भएपछि १३/१ को अवस्थाबाट पारस र ज्ञानेन्द्र मल्लले दोश्रो विकेटको लागि ९२ रनको साझेदारी गरेका थिए। ज्ञानेन्द्र २३ रन ( ६९ बल, २ चौका ) बनाएर रासिद खानको बलमा एलबिडब्लु आउट भए। पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका रोहित पौडेल पनि १ रन ( १३ बल ) मा नाबीको बलमा क्याच आउट भएपछि नेपालले १२३ रनको स्कोरमा ४ विकेट गुमाएको हो।

यो समाचार तयार पार्दा नेपालले ३५ औ ओभर चल्दै गर्दा १२९ रनमा ४ विकेट गुमाएको छ। दिपेन्द्र ऐरी २० रन ( २८ बल, ३ चौका ) र आरिफ शेख १ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा हुनेछ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाएको ब्यबस्थापक रमन शिवाकोटीले बताएका छन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।

नेपालको अन्तिम ११

Gyanendra Malla , Anil Sah ( WicketKeeper ) , Paras Khadka ( Captain ) , Dipendra Singh Airee , Aarif Sheikh , Rohit Kumar , Sompal Kami , Basant Regmi , Karan KC , Sandeep Lamichhane , Lalit Rajbanshi

अफगानिस्तान अन्तिम ११

Afsar Zazai ( Wicket Keeper ) , Rahmat Shah , Mohammad Nabi , Rashid Khan ( Captain ) , Gulbadin Naib , Sharafuddin Ashraf , Mujeeb Ur Rahman , Najibullah Zadran , Shapoor Zadran , Samiullah Shenwari , Javed Ahmadi

प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। छनौट प्रतियोगिता सुरुहुनु अघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट रास्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।

सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गर्दै साख मात्रै हैन सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]