अपत्यारिलो यात्रा गर्दै अफगानिस्तान बिश्वकपमा छनौट

  • विकेटनेपाल, चैत ९ – शुक्रबार 

अफगानिस्तान २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्वकप खेल्न छनौट भएको छ।

बिश्वकप छनौटको अन्तिम सुपर सिक्स खेलमा आयरल्याण्डलाई ५ विकेटले पराजित गरेपछि सुपर सिक्स अंकतालिकामा ६ अंक सहित दोश्रो स्थानमा रहँदै अफगानिस्तान छनौट भएको हो। कुल ८ अंक बटुल्दै पहिलो स्थानमा रहँदै वेस्ट इन्डिज यस अघिनै बिश्वकप खेल्न छनौट भइसकेको छ।

इंग्ल्याण्डमा २०१९ मेमा आयोजना हुने बिश्वकपमा १० टिम सहभागी हुनेछन् जसको टुंगो लागेको छ। वेस्ट इन्डिज र अफगानिस्तान सहित भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्ड, बंगलादेश र आयोजक इंग्ल्यान्ड बिश्वकप खेल्नेछन्।

अफगानिस्तानको अपत्यारिलो यात्रा

प्रतियोगिताको निकै खराब सुरुवात गरेको अफगानिस्तानले समुह चरणमा जिम्बाबे, हंगकंग र स्कटल्याण्डसंग पराजित भएको अफगानिस्तानले नेपालसंग मात्र जित हात पार्न सकेको थियो। हंगकंग र नेपाल बीच समुहको अन्तिम खेलमा हंगकंगले नेपाललाई पराजित गरेको भए अफगानिस्तान सुपर सिक्स प्रवेश गर्दैन थियो। तर नेपालले हंगकंगलाई पराजित गर्दा नेपाल, हंगकंग र अफगानिस्तानको समान १/१ जित भएपछि अफगानिस्तान नेट रन रेटको आधारमा सुपर सिक्स चरण प्रवेश गरेको थियो।

समुह चरणको खराब प्रदर्शन पछि अफगानिस्तानले सुपर सिक्समा भने वेस्ट इन्डिजलाई ३ विकेटले, युएईलाई ५ विकेटले तथा आयरल्याण्डलाई पनि ५ विकेटले पराजित गर्दै लगातार ३ जित हात पार्यो। तर अफगानिस्तानको बिश्वकप छनौट सजिलो भने थिएन अघिल्लो २ वटा खेलमा अस्चार्यजनक नतिजा अफगानिस्तान बिश्वकप खेल्नुमा अत्यन्त महत्वपूर्ण थियो।

हजुर ! जिम्बाबेले युएईलाई पराजित गरेको खण्डमा जिम्बाबे बिश्वकप छनौट हुन्थ्यो तर युएईले जिम्बाबेलाई पराजित गर्दै जिम्बाबेको बिश्वकप यात्रा रोकेपछि अफगानिस्तानको बाटो खुलेको थियो। आयरल्याण्ड र अफगानिस्तान मध्ये बिजेता टिमले बिश्वकप यात्रा तय गर्ने खेलमा अफगानिस्तानले ५ विकेटको सहज जित निकाल्दै बिश्वास गर्न गार्हो यात्राको अन्त्य गर्यो। अफगानिस्तानले यो भन्दा अघि पहिलो पटक सन् २०१५ को एकदिवसीय बिश्वकप खेलेको थियो जसपछि २०१९ मा दोश्रो सहभागिता हुनेछ।

अंकतालिका 

बिश्वकप छनौटमा अफगानिस्तानको प्रदर्शन :

समुह चरण :

पहिलो खेल – स्कटल्याण्डसंग ७ विकेटले पराजित
दोश्रो खेल -जिम्बाबेसंग २ रनले पराजित
तेश्रो खेल – हंगकंगसंग ३० रनले पराजित ( डी/एल )
चौथो खेल – नेपालसंग ६ विकेटले बिजयी

सुपर सिक्स चरण :

पहिलो खेल – वेस्टइन्डिजसंग ३ विकेटले बिजयी
दोश्रो खेल – युएईसंग ५ विकेटले बिजयी
तेश्रो खेल – आयरल्याण्डसंग ५ विकेटले बिजयी

आयरल्याण्डको इनिंग 

टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले पुरै ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर २०९ रन मात्रै बनाउन सक्यो। लेग स्पिनर रासिद खानले सर्वाधिक ३ विकेट ( १०-०-४०-३ ) तथा दौलत जद्रानले २ विकेट ( १०-०-५४-२ ) हात पारे। मोहम्मद नाबीले १ विकेट लिंदा मुजिब उर् रहमानले विकेट निकाल्न नसकेपनि १० ओभरमा मात्र ३१ रन खर्चिए। आयरल्याण्डको लागि ओपनर पल स्टरलिंगले सर्वाधिक ५५ रन बनाउन ८७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै केभिन ओ ब्रायनले ४१ तथा निल ओ ब्रायनले ३६ रन बनाए।

अफगानिस्तानले अन्तिम ओभरसम्म कुर्नुपर्यो

२१० रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले राम्रो सुरुवात गर्यो। ओपनरद्वय मोहम्मद शहजादले ५४  ( ५० बल, २ छक्का र ६ चौका ) र गुल्बदिन नैब ४५ रन ( ९१ बल, ३ चौका ) बनाए। त्यसपछि सिमि सिंहले ३ विकेट लिंदै अफगानिस्तान मध्येक्रमलाई मैदान बाहिर पठाउने क्रममा रहमत शाह ( १२ ) समीउल्लाह शेनवारि ( २७ ) र मोहम्मद नाबी ( १२ ) आउट गरे।

प्लेयर अफ द म्याच चुनिएका मोहम्मद शहजाद

अफगानिस्तानको इनिंग ५ विकेट गुमौदा १८१/५ को अवस्थामा पुग्यो जुन अवस्थामा आयरल्याण्डले एउटा मात्रै विकेट लिंदा खेलमा पकड बनाउन सक्थ्यो। तर कप्तान अस्घर स्टानिकजाईले अविजित ३९ रनको इनिंग खेल्दै नाजिबुल्लाह जद्रानसंग छैठौं विकेटको लागि ३२ रनको साझेदारी गरेपछि अफगानिस्तानले सहजै बिजयी लक्ष्य भेटायो। स्टानिकजाईले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दा जद्रान १५ बलमा १ छक्का प्रहार गर्दै १७ रनमा अविजित रहे। अफगानिस्तानले ४९.१ ओभरमा लक्ष्य पुरा गर्यो।

आयरल्याण्ड बलर सिमि सिंहले १० ओभरमा २ मेडन ओभर सहित ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। खेलको प्लेयर अफ द म्याच मोहम्मद शहजाद घोषित भए।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]